दार्चुला जिल्लामा बुधबार राति ९ बजेर ५ मिनेटमा भुकम्पको धक्का महसुस भएको छ ।
दार्चुला जिल्ला सदरमुकाम भन्दा १८० किलोमिटर टाढा भारतको उत्तराखन्ड केन्द्रबिन्दु बनाएर ५.७ रेक्टर स्केलको भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख रत्नमणि गुप्ताले जानकारी दिए ।
दार्चुला सहित प्रदेश नम्बर ७ का बैतडी, डडेलधुरा लगायत जिल्लाहरु र भारतको उत्तराखन्ड प्रदेश लगायत बिभिन्न क्षेत्रमा भुकम्पको धक्का महसुस भएको थियो ।
अहिलेसम्म भुकम्पबाट भौतिक तथा मानबिय कुनैपनि क्षति भएको जानकारी नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
भूकम्पिय दृष्टिकोणले जोखीमयुक्त मानिएको दार्चुला जिल्ला आसपासको क्षेत्रमा समयसमयमा भुकम्प जानेगरेको छ ।
पहिला पहिला निर्वाचन आयोगले मत दिने स्थानहरुमै टोली खटाएर मतदाता शिक्षा दिने गर्दथ्यो ? यस पटक त्यस्तो टोली आउँदैन ?”...
रसुवाका सबै मतगणनास्थलमा सिसिटिभी जडान गरिएको छ। निर्वाचन आयोगले मतगणनास्थलमा सिसिटिभी अनिवार्य गरेकाले जिल्लाको पाँचवटै मतगणनास्थलमा सिसिटिभी जडान गरिएको हो। ...
अर्थमन्त्री जनार्दन शर्माले मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परीक्षण गर्नुपर्ने आवश्यकता भएको बताएका छन् । मंगलबार काठमाडौंमा सुरु भएको नेपाल चार्टर्ड...