८ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड, रत्नर्पाक र टुाडिखेल आसपासको क्षेत्रलाई धुलोमुक्त बनाउन सफाइको काम तीव्र पारेको छ । बिहीबार र शुक्रबार दुई विहान काठमाडौं महानगरका मुख्य सडकबाट ९ मेट्रिक टन धुलोसहितको फोहोर बटुलिएको छ ।
महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग र नगर प्रहरी महाशाखाबाट परिचालित टोलीले बागदरबारदेखि सुन्धारा छिर्ने चोकसम्म र न्युरोड गेटदेखि जुद्ध शालिकसम्मको मुल सडकको धुलो बढारेको हो ।
यसरी सफाइ गर्दा झण्डै ९ मेट्रिकटन परिमाणमा धुलो माटो संकलन गरेको हो । यसमा करिब ५ सय मिटरको लम्बाइको न्युरोड खण्डमा ५ मेट्रिक टन र बाँकी सुन्धारा खण्डबाट ४ मेट्रिक टन धुलोजन्य फोहोर भएको महानगरको कार्य सञ्चालन शाखा प्रमुख मीनबहादुर थापाले जानकारी दिए ।
यस्तो धुलो माटो संकलन गर्न ६५ जना खटिएका थिए । सडकमा प्लास्टिक लगायतका फोहोर पनि संकलन गरिएको हो ।
साभारः अनलाइन खबर
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...
पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...