जुम्ला र कालिकोट जोड्ने हिमा नदीको सिंजाखोला पुल निर्माण सम्पन्न नहुँदै चर्किएको छ । पुलको निर्माण कार्य ढलानसमेत नहुँदै चर्किएर खतरा अवस्थामा पुगेको हो । पुल निर्माणको क्रममा पुल चर्किएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ ।
सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर तुलाराम शर्माका अनुसार कालिकोटको छिडेना र सिंजा खोलाको उक्त पक्की पुल १३ करोडको लागतमा निर्माणको जिम्मा दिइएको थियो ।
सिंजाखोलाको उक्त फरक प्रविधिको पुल प्रिटेष्ट गर्न खोज्दा चर्किएको इन्जिनियर शर्माले जानकारी दिनुभयो । यो वर्ष पुल संचालनमा ल्याउने तयारी थियो । तर, प्रिटेष्ट गर्दा चर्किएपछि अहिले काम रोकिएको छ ।
सड्क डिभिजन कार्यालयले पुल निर्माणमा कमसल सामग्री प्रयोग नभएको दाबी गरेको छ। निर्माण सम्पन्न नहुँदै पुल चर्किएपछि स्थानीय त्रसिद भएका छन् । सोही स्थानमा लामो समय अघि निर्माण भएको बेलिब्रिज पुल जीर्ण भइसकेको छ । सो पुल निर्माण निर्माण भएपछि चाँडै गाडी गुडाउने सपना फेरि धकेलिएको छ ।
जुम्ला कर्णालीको साविक राजधानी पनि हो । सडक संजाल जोडिएपछि नेपालगञ्ज सुर्खेतबाट बाक्ला मात्रामा सवारी साधन, मालवहाक साधन र पर्यटक भित्रिने गरेका छन् । तर, पुल निर्माण समयमा नहुँदा जीर्ण बेलिब्रिज पुल जोखिम भएकाले चाँडै बनाउन स्थानीयको दबाब छ । source
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...
पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...