१७ जेष्ठ २०८०, बुधबार
May 31, 2023, Wednesday

कहिले सकिएला नागढुंगा सुरुङमार्ग ?

कहिले सकिएला नागढुंगा सुरुङमार्ग ?

काठमाडौं भित्रने र बाहिरिने मुख्य नाका रहेको नागढुंगा सुरुङमार्गको ५३ प्रतिशत काम सम्पन्न भएको छ ।
विभिन्न विकास पूर्वाधारको निर्माणअन्तर्गत नागढुंगा सुरुङमार्गको काम धमाधम भएको हो । अब सुरुङको सबै काम सम्पन्न गर्न ४७ प्रतिशत काम बाँकी रहेको आयोजना निर्देशक नरेशमान शाक्यले बताए । सुरुङमार्ग समयमा नै सम्पन्न हुन भने केही कठिन देखिएको छ ।

आयोजनाअन्तर्गत सुरुङमार्गको प्रगति आधाभन्दा बढी भए पनि अन्य संरचनासमेतको समग्र भौतिक प्रगति भने साढे ३७ प्रतिशत सम्पन्न भएको छ । आयोजनाको वित्तीय प्रगति भने साढे ४५ प्रतिशत पुगेको छ ।

निर्माणाधीन नागढुंगा सुरुङमार्गको अडिट र मुख्य सुरुङ गरी कुल ५ हजार ४ सय ९९ मिटर लम्बाइको सुरुङमार्ग खन्नुपर्नेछ । त्यसमध्ये २६ जेठसम्म २ हजार ९ सय १ मिटर खनिसकिएको छ ।

आयोजनामा मुख्य सुरुङको लम्बाइ २ हजार ६ सय ८८ मिटर रहेको छ । त्यसमध्ये अहिलेसम्म १ सय २ सय ८३ मिटर सम्पन्न भएको छ । इभ्याकुएसन सुरुङ कुल २ हजार ५ सय ५७ मध्ये १ हजार ४ सय ४४ र क्रस प्यासेज कुल १ सय २८ मिटरमध्ये ४८ मिटर खनिएको छ । वर्किङ अडिट १ सय २६ मिटरमा पुरै सम्पन्न भइसकेको छ । आयोजनाका अनुसार खनिएको कुल लम्बाइमध्ये काठमाडौंतर्फ १ हजार ५ सयउ ३० र धादिङतर्फ १ हजार ३ सय ७१ मिटर खनिएको छ ।

आयोजनाका लागि ३ वटा अन्डरपास निर्माण गर्नुपर्नेमा अहिलेसम्म २ वटा सम्पन्न भइसकेको छ । एउटा ओभर पास निर्माण गर्नुपर्नेमा सम्पन्न भएको छ । बक्स कल्भर्ट ४ वटै निर्माण सम्पन्न भएको छ ।

काठमाडौंतर्फ निर्माण गर्नुपर्ने एउटा फ्लाइओभर निर्माणस्थलको भने अहिले जग्गा प्राप्तिका लागि मुआब्जा दिने काम भइरहेको आयोजनाले जनाएको छ ।

४२ महिनामा सम्पन्न गर्ने गरी सो आयोजना २०७६ साल कात्तिकमा निर्माण सुरु भएको थियो । जापानी निर्माण संस्था हाजमा आंदो कर्पोरेसनसँग २०७६ असोजमा सम्झौता भई निर्माण भइरहेको छ । शाक्यले आयोजना सम्पन्न गर्न ३ महिना समय थप गरिएको र उक्त समयभित्रै काम सम्पन्न गरिने जनाएका छन् ।

नागढुंगा सुरुङमार्ग जापान सरकारको सहयोगमा जापानी निर्माण कम्पनीद्वारा निर्माण भइरहेको राष्ट्रिय प्राथमिकताको आयोजना हो ।
नागढुंगा–नौबिसे सुरुङमार्ग लागि जापानी सहयोग नियोगले १६ अर्ब रुपैयाँ सहुलियत ऋण सहयोग दिएको छ । उक्त ऋण ४० वर्षमा तिरिसक्नुपर्नेछ भने ब्याज शून्य दशमलव शून्य एक (०.०१) प्रतिशत रहेको छ । २२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना ६ अर्ब रुपैयाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट बेहोर्ने छ ।

करिब २ दशमलव ६ किलोमिटरको यो सुरुङमार्ग चन्द्रागिरी नगरपालिका–१ टुटीपाखाबाट धादिङको धुनिबेंसी नगरपालिकाको सिस्नेखोला निस्किनेछ । दुई लेनको यो सुरुङमार्गसँगै समानान्तर हुने गरी इभाकुएसन टनेल समेत निर्माण भइरहेको छ । आपत्कालीन रूपमा प्रयोग गर्न इभाकुएसन टनेल निर्माण गरिएको हो ।

सुरुङमार्ग निर्माणका लागि ६ वटा कम्पनीले टेन्डरमा सहभागिता जनाएका थिए । जसमा ५ वटा चिनियाँ कम्पनी थिए भने एउटा जापानी कम्पनी रहेको थियो ।

सुरुङमार्ग २ दशमलव ६ किमी लामो बन्नेछ । सुरुङमार्ग निर्माणपछि भने नागढुंगा–सिस्नेखोलाको दूरी सवा ३ किमिमा झर्नेछ । अहिले यो दूरी साढे ८ किमि रहेको छ ।

आयोजनाअन्तर्गत सुरुङमार्गसँगै गुर्जुधाराबाट पश्चिमतर्फ ६ सय मिटरको फ्लाइओभर पनि बनाउने योजना छ । उक्त फ्लाइओभर नेपालकै पहिलो हुने जनाइएको छ ।Source

Related News

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
  • २९ जेष्ठ २०७९, आईतवार

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...

नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
  • २९ जेष्ठ २०७९, आईतवार

नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...

खडेरीले खेती सुकेपछि किसान चिन्तित
खडेरीले खेती सुकेपछि किसान चिन्तित
  • २९ जेष्ठ २०७९, आईतवार

पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...

TOP