८ मंसिर, पोखरा । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार बिहान पोखराको विन्ध्यवासिनी मन्दिरमा पूजा गरेर चुनावी अभियानमा विजयको आशिर्वाद लिएका छन् ।
मन्दिर परिसरमा देउवाले करिब आधा घण्टा बिताएका थिए । विन्ध्यवासिनी परिसरको गणेश मन्दिरमा शुरुमा पूजा गरेका थिए । त्यसलगत्तै विन्ध्यवासिनी र शिव मन्दिरमा पूजा गरे ।
यसअघि कैलाली सदरमुकाम धनगढी पुगेर देउवाले ज्योतिषिले सात पटक प्रधानमन्त्री बन्ने बताएकाले फेरि पनि आफू नै सत्तामा आउने उद्घोष गरेका थिए ।
‘बिहान पौने ९ बजेतिर प्रधानमन्त्री आउनु भएको थियो,’ विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थले श्रेष्ठले भने ।
शिवलिंग स्थापना गरी देउवालाई रुद्राभिषेक गरेर आशिर्वाद दिइएको थियो । त्यस क्रममा उनले चुनावमा विजयको आशिर्वाद पनि लिए ।
बिहीबार साँझ हेलिकोप्टरमार्फत् पोखरा आएका देउवाले विन्ध्यवासिनीको आशिर्वाद लिएर मात्र फर्किने योजना बनाएका थिए ।
कालिकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गरी राजधानी फर्किने क्रममा साँझ परेका कारण राजधानी जान नसकेपछि उनी पोखरामा अवतरण गरेका थिए ।
अन्य कुनै सार्वजनिक कार्यक्रममा भने उनी सहभागी भएनन् । क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालयसँग चुनावी सुरक्षा व्यवस्थाबारे जानकारी लिएका थिए ।
‘प्रधानमन्त्रीले विन्ध्यवासिनी दर्शन गर्न इच्छा व्यक्त गरेको बिहीबार राति जिल्ला प्रशासन कार्यालयबाट खबर आयो,’ विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले भने, ‘उहाँ आउने भएपछि समितिका सचिव तीर्थ श्रेष्ठको नेतृत्वमा सबै तयारी गरी रुद्राभिषेकसहित विन्ध्यवासिनीको आशिर्वाद दिइएको छ ।’
कास्कीका कांग्रेस नेताहरु, क्षेत्रीय प्रशासक अर्याल, प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलगायत उनको साथमा मन्दिर परिसर पुगेका थिए ।
देउवाले बटुकहरुमार्फत् स्वस्तिशान्ति पनि गराएका थिए । प्रजिअ अधिकारीका अनुसार बिहान १० बजे प्रधानमन्त्री देउवा काठमाडौं फर्केका थिए । राति नेपाल राष्ट्र बैंकको गेस्ट हाउसमा बसेका थिए ।
साभारः अनलाइन खबर
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...
हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...