रसुवाका सबै मतगणनास्थलमा सिसिटिभी जडान गरिएको छ। निर्वाचन आयोगले मतगणनास्थलमा सिसिटिभी अनिवार्य गरेकाले जिल्लाको पाँचवटै मतगणनास्थलमा सिसिटिभी जडान गरिएको हो।
सोमबार सबै मतगणनास्थलमा सिसिटिभी जडान गरिएका मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए। गोसाइँकुण्ड गाउँपालिकाको मतगणना जिल्ला समन्वय समितिमा गरिने छ। अन्य चारवटा पालिकाको मतगणना पालिकाको केन्द्रमा नै गरिने छ।
जल्लामा ५ वटा पालिका छन्। जसमा २७ वटा वडा रहेका छन्। यसपटकको चुनावमा जिल्लामा १७ वटा राजनीतिक दलले भाग लिएका छन्। जिल्लामा निर्वाचनका लागि १४५ पदका लागि ४६७ जना प्रतिस्पर्धामा छन्।
जसमा ५ जना निर्विरोध भइसकेका छन् भने तीन पदमा उम्मेदवारी नै परेको छैन। अब १ सय ३७ पदका लागि मात्रै निर्वाचन हुने छ। जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता छन्। Source
सरकारले असार १ गतेदेखि मतदाता नामावलीमा नाम दर्ता गरिरहेको छ । यसअघि मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका तथा भर्खरै...
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको भेरी–बबई डाइभर्सन आयोजनाको निर्माण सक्न अझै तीन वर्ष लाग्ने देखिएको छ । याे आयोजनाको हालसम्म...
सुदूरपश्चिम प्रदेशमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । दैनिक प्रयोगमा आउने चामल, खाने तेल, ग्यास, चामल, चिनी, तरकारी, फलफूल,...