१७ जेष्ठ २०८०, बुधबार
May 31, 2023, Wednesday

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख नाघ्यो, संक्रमणको संख्यामा कमी आयो तर मृत्यु चाहीं घटेन

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख नाघ्यो, संक्रमणको संख्यामा कमी आयो तर मृत्यु चाहीं घटेन

कोभिड – १९ बाट भारतमा मुत्यु हुनेको संख्या ५ लाख नाघेको छ ।  

केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिवार सो कुराको जानकारी दिंदै भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख १ हजार ११४ जना पुगेको बताएको छ ।     
     
उक्त मन्त्रालयले शनिवार यहाँ कोभिडबाट १ हजार ५९ जनाको मृत्यु भएको पनि बताएको छ । यहाँ केही हप्ता यता संक्रमणको संख्यामा कमी आए पनि मृत्यु भने घटेको छैन । 
यहाँका अधिकारीहरुले अहिलेसम्म भारतमा कोभिड – १९ बाट ४ करोड २० हजारभन्दा बढी मानिस संक्रमित भएको बताएका छन्।

भारतमा पछिल्ला समयमा ओमिक्रोनको संक्रमण बढेको हो । तर यहाँ यसअघिको दोस्रो वेभमा डेल्टा भाइरसको संक्रमणका समयमा भन्दा बढी खतरनाक अवस्था भने रहेको छैन । रासस/ सिन्ह्वा 

Related News

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
  • २३ माघ २०७८, आईतवार

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...

नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
  • २३ माघ २०७८, आईतवार

नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...

खडेरीले खेती सुकेपछि किसान चिन्तित
खडेरीले खेती सुकेपछि किसान चिन्तित
  • २३ माघ २०७८, आईतवार

पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...

TOP