दोस्रो चरणको चुनाव हुन लागेको ४५ जिल्लाका सम्पूर्ण शिक्षण संस्थाहरु आजबाट बन्द भएका छन् । निर्वाचन आयोगको आग्रहमा सरकारले आजबाट मंसिर २१ गतेसम्म विद्यालयहरुमा विदा दिएको हो ।
अधिकांश स्कुल र कलेजहरुमा चुनावको मतदान केन्द्र तोकिएको छ । धेरैजसो शिक्षकहरुलाई पनि निर्वाचन आयोगले कर्मचारीको रुपमा परिचालन गरेको छ । त्यसैले आयोगको आग्रहमा विद्यालयमा विदा दिने निर्णय सरकारले यसअघि नै गरेको थियो । दोस्रो चरणको मतदान हुने दिन मंसिर २१ गते भने ४५ जिल्लाका सबै कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय सरकारले गरेको छ ।
सरकारले असार १ गतेदेखि मतदाता नामावलीमा नाम दर्ता गरिरहेको छ । यसअघि मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका तथा भर्खरै...
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको भेरी–बबई डाइभर्सन आयोजनाको निर्माण सक्न अझै तीन वर्ष लाग्ने देखिएको छ । याे आयोजनाको हालसम्म...
सुदूरपश्चिम प्रदेशमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । दैनिक प्रयोगमा आउने चामल, खाने तेल, ग्यास, चामल, चिनी, तरकारी, फलफूल,...