शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।
आइतबार सीसीएमसीसीले वार्षिक बिदामा मिलान हुने गरी माघ १५ सम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको थियो
कक्षा १ देखि १२ सम्म र सीटीईभीटीअन्तर्गतका कक्षा पुस २७ देखि माघ १५ सम्म बन्द गर्ने निर्णय शिक्षा मन्त्रालयले गरेको हो । भौतिक उपस्थितिमा सञ्चालन हुने कक्षा बन्द गरिएपछि वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गरिने मन्त्रालयले जनाएको छ ।
बिदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षभन्दा माथिका सबै उमेर समूह र पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकलाई खोप उपलब्ध गराउन मन्त्रालयले अनुरोध गरेको छ।
विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित सेमेस्टर र वार्षिक परीक्षा जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना हुने गरी सञ्चालन, परीक्षा केन्द्रमा मास्क र सेनिटाइजरको प्रयोग र भौतिक दूरीको प्रावधान कडाइका साथ परिपालना गराउने व्यवस्था मिलाउन पनस शिक्षा मन्त्रालयले निर्देशन दिएको छ ।यो समाचार कान्तिपुर दैनिक बाट लिएको हो ।
पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...
भगवान शिवको प्रिय महिना साउनको पहिलो सोमवार आराध्यदेव पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ । विहानैदेखि भक्तजनहरुको उल्लेख्य...
काठमाडौं उपत्यकामा २ हजार रोपनीभन्दा बढी जग्गा गैरकानुनी रूपमा प्लटिङ गरेको पाइएको छ ।गैरकानुनी रूपमा धमाधम जग्गा प्लटिङ भइरहँदा पनि...