चितवनको भरतपुरमा रहेको कालिका एफएमले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको समाचारमा रोक लगाएको छ । बन मन्त्री तथा चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार विक्रम पाण्डेको लगानी रहेको उक्त एफएमले एक हप्तादेखि लोकतान्त्रिक गठबन्धनका समाचारहरु मात्रै बजाउँदै आएको छ ।
चुनावी संघारमा चितवनका वामगठबन्धनको समाचार प्रसारणमा रेडियो सञ्चालक पाण्डेले प्रतिबन्ध लगाएको त्यहाँ कार्यरत एक कर्मचारीले नाम नबताउने शर्तमा बताए । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसँग पाण्डेको प्रतिस्पर्धा हुँदैछ । राप्रपाका पाण्डे लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार हुन् भने प्रचण्ड वाम गठबन्धनबाट उम्मेदवार रहेका छन् ।
चितवन क्षेत्र नम्बर २ (ख) प्रदेश सभाका वामगठबन्धनका साझा उम्मेदवार विजय सुवेदीले राज्यबाट स्वीकृति लिएर सञ्चालन गरेको रेडियो सञ्चालकले समाचारमा प्रतिबन्ध लगाउनु प्रजातन्त्रको उपहास भएको बताएका छन् । ‘यो त आचारसंहिता विपरीत भयो, सम्बन्धित पक्षले हेर्नुप¥यो’ सुवेदीले भने ।
पाण्डेको उक्त कदमको चौतर्फी विरोध भएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखा, विभिन्न मानवअधिकारवादी संघसंस्थाले एक पक्षीय समाचार बजाएर लोकतन्त्रको मजाक उडाएको आरोप लगाएका छन् ।
दार्चुलामा हाइस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका —९ गोकुलेश्वरबाट पनेबाँजतर्फ जाँदै गरेको म १...
पहिला पहिला निर्वाचन आयोगले मत दिने स्थानहरुमै टोली खटाएर मतदाता शिक्षा दिने गर्दथ्यो ? यस पटक त्यस्तो टोली आउँदैन ?”...
रसुवाका सबै मतगणनास्थलमा सिसिटिभी जडान गरिएको छ। निर्वाचन आयोगले मतगणनास्थलमा सिसिटिभी अनिवार्य गरेकाले जिल्लाको पाँचवटै मतगणनास्थलमा सिसिटिभी जडान गरिएको हो। ...