सरकारले १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप अभियान अन्र्तगत सोमबार हुम्लाका ५०५ बालबालिकाले मोर्डना खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा यही पुस ४ देखि १४ गतेसम्म विद्यार्थीलाई लगाउने भएको मन्त्रालयका प्रवक्ता डा संगीता कौशल मिश्रले जानकारी दिएकी छन् ।
सोमबारदेखि सरकारले विभिन्न ५७ जिल्लाका विद्यार्थीलाई विद्यालयमा नै कोरोना भाइरसविरुद्धको खोप लगाउने जनाएको छ ।
स्वास्थ्य सेवा कार्यालय हुम्लाले एक दिन ढिला गरी १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई मोर्डना खोप लगाउने अभियान सुरु गरेको छ । आइतबार मात्रै यहाँका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खोप वितरण गरेको थियो । सिमकोट गाउँपालिकामा रहेका तीन विद्यालयका विद्यार्थीलाई मात्रै सोमबार पहिलो दिन खोप लगाएको छ । सिमकोट गाउँपालिका–७ मा रहेको कैलाश, सदरमुकाम सिमकोटका बालमन्दिर र मानसरोवर माध्यामिक विद्यालयका विद्यार्थीलाई खोप लगाएर अभियान सुरु गरिएको सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक नयन भण्डारीले जानकारी दिए । बालमन्दिर माध्यामिक विद्यालयका १८३ जना र मानसरोवर माध्यामिक विद्यालयका ३२२ जना विद्यार्थीले खोप लगाएको संयोजक भण्डारीले बताए ।
मानसरोवर माध्यामिक विद्यालयका बालबालिकालाई खोप लगाउने कार्य सम्पन्न भएको र मंगलबार बाँकी रहेका बालमन्दिर र भीमसेन आधारभूत विद्यालयका साथै बोर्डिङ् तथा निजी विद्यालयका विद्यार्थीलाई मोर्डना खोप लगाइने भएको छ । स्वास्थ्य सेवा कार्यालय हुम्लाले मानसरोवर उच्च माध्यामिक विद्यालयका लागि ४०० डोज, बालन्दिर माध्यामिक विद्यालयका लागि ३५० डोज, कैलाश माध्यामिक विद्यालयका लागि ३५० डोज र रामदेब माध्यामिक विद्यालयका लागि १९० डोज खोपसहित आइतबार स्वास्थ्यकर्मी परिचालन गरिएको छ । गाउँपालिकाका खोप केन्द्रतर्फ पनि खोप लिएर स्वास्थ्यकर्मी गइसकेकाले खोप केन्द्रमा पुग्ने बित्तिकै सुरु गरिने बताइएको छ ।
हुम्लामा ६३७ भाइल खोप आएको छ । यसबाट छ हजार ३७० बालबालिकाले मात्र भ्याक्सिन लगाउने पाउनेछन् । खार्पुनाथ गाउँपालिकालाई ७२०, ताँजाकोटलाई ८३० र अदानुली गाउँपालिकालाई एक हजार ८० डोज उपलब्ध गराइएको छ । जिल्लाका ४४ मध्ये ४१ वडाका खोप केन्द्रमा यो अभियान सञ्चालन गरिएको छ । मोडर्ना खोप लगाउनुपर्ने १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका हुम्लामा नौ हजार ६२१ छन् ।
हुम्लामा खोप अभियान पुस १४ गतेसम्म सञ्चालन हुने र पहिलो मात्रा खोप लगाएका बालबालिकालाई माघ २ देखि १२ गतेसम्म दोस्रो मात्रा लगाउने भएका छन् । हिमपात र चिसोका कारण यसअघि नै जिल्ला खोप समन्वय समितिको वैठकले नाम्खा गाउँपालिकाका–४, ५ र ६ मा यस पटक लगाउन नसकिने र पछि उपयुक्त समयमा लगाइने निर्णय गरेको छ ।प्रभाव दैनिक
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...
पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...