श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल–कतार संयुक्त कार्यसमिति वैठकको तयारीबारे सरोकारवालाहरूसँग छलफल गरे । शुक्रबार काठमाडौंमा भएको छलफलमा मन्त्रालयका अधिकारीहरूका साथै वैदेशिक श्रमसम्बन्धी विज्ञ र वैदेशिक रोजगार व्यवसायीहरूको सहभागिता थियो ।
कार्यक्रममा वैदेशिक रोजगारीका लागि कतार जाने नेपाली कामदारहरूको हितबारे छलफल भयो ।
कार्यक्रममा मन्त्री श्रेष्ठले विदेशमा श्रम गरेर फर्किसकेपछि त्यहाँ जानेको सीपको बजार सुनिश्चित गर्न पुनःएकीकरण योजना सरकारको प्राथमिकतामा रहेको बताए ।
वैदेशिक रोजगार व्यवसायीहरूबीच अस्वस्थ प्रतिस्पर्धा देखिएको भन्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारसम्बन्धी कानुनको कडाइका साथ कार्यान्वयन गरिने बताए । उनले भिजिट भिसामा नेपालीलाई विदेश पठाउन सहयोग गर्ने म्यानपावर कम्पनीहरूलाई कारबाही गर्ने चेतावनी दिए ।
कतार प्रहरीमा रोजगारीका लागि नेपालीलाई आएको अवसरगुम्न नदिने उहाँले बताए । वैदेशिक रोजगारीका लागि दक्ष जनशक्ती उत्पादनका लागि तालिम केन्द्रको बिकेन्द्रीकरण, कतार भिसा सेन्टरसम्बन्धी कार्यको व्यवस्थापन, विभिन्न समस्या, मृत्यु, घाइते, अंगभंग भएर पीडितहुनेहरूलाई न्यायमा पहुँच सुनिश्चित गर्नुपर्ने र उद्धारका लागि संयन्त्र स्थापनाका बिषयमा सरोकारबालाहरूले ध्यानाकर्षण गराउनुभएको थियो । हाल कतारमा साढे ३ लाखभन्दा धेरै नेपाली कामदार छन् ।Source
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...
पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...