गुणज्ञ नेपाल काठमाडौँ ( पिङ्गलास्थान )ले मन्थली नगरपालिका–०८, रामेछापमा रहेको सरकारी विद्यालय जगदम्बा आधारभूतमा सोमबार स्टेशनरी सामानहरू तथा विद्यार्थीको सिकाईमा सहजता ल्याउन पाँच वटा कम्प्युटर सहयोग गरेको छ ।
ज्ञानको ज्योति परियोजना हातमा लिएर, जगदम्बा विद्यालयमा सूचना सञ्चार र प्रविधि एकाइलाई बढावा दिदै जसले विद्यार्थीहरूलाई मित्रवत र आईसीटी सम्बन्धी कार्यमा सीप प्रदान होस् भन्ने उद्देश्यले सहयोग गरेको हो।
दुर्गम क्षेत्रका वञ्चित विद्यालयहरूमा आईसीटी सुविधा स्थापना गर्ने लक्ष्य राखेका छौं। हामी विश्वास गर्छौं कि सूचना सञ्चार र प्रविधि समयको आवश्यकता हो र विद्यार्थीहरूले पनि समग्र राष्ट्रको उन्नतिको लागि यसमा उत्कृष्ट हुन आवश्यक छ भन्दै गुणज्ञ नेपाल ज्ञानको ज्योति अध्यक्ष श्री प्रभु बहादुर सिंहले जानकारी दिए |
“हामीले पनि कम्प्यूटर अध्ययनको व्यावहारिक कक्षा लिन्छौं भनेर सोचेका थिएनौं। म सिक्न र बढ्नको लागि धेरै उत्साहित छु। म निकट भविष्यमा आईटी इन्जिनियर हुनेछु,” भन्दै एक विधार्थी
रामेछापको जगदम्बा आधारभूत विद्यालयका प्रधानाध्यापकलाई स्टेशनरी सामानहरू लगायत कम्प्युटर हस्तान्तरण गरेका हुन् ।
पहिला पहिला निर्वाचन आयोगले मत दिने स्थानहरुमै टोली खटाएर मतदाता शिक्षा दिने गर्दथ्यो ? यस पटक त्यस्तो टोली आउँदैन ?”...
रसुवाका सबै मतगणनास्थलमा सिसिटिभी जडान गरिएको छ। निर्वाचन आयोगले मतगणनास्थलमा सिसिटिभी अनिवार्य गरेकाले जिल्लाको पाँचवटै मतगणनास्थलमा सिसिटिभी जडान गरिएको हो। ...
अर्थमन्त्री जनार्दन शर्माले मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परीक्षण गर्नुपर्ने आवश्यकता भएको बताएका छन् । मंगलबार काठमाडौंमा सुरु भएको नेपाल चार्टर्ड...