कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री नियुक्त भएको एक महिनापछि मुख्यमन्त्री शाहीले विश्वासको मत लिने भएका हुन्। शाही १६ कात्तिकमा मुख्यमन्त्री नियुक्त भएका थिए।
मुख्यमन्त्री शाहीको विश्वासको मत परीक्षणका लागि मंसिर १४ गते प्रदेश सभाको बैठकको आह्वान गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा अधिवेशन आह्वान गरेका हुन्। १४ गते दिउँसो १ बजे बैठक बोलाइएकाले उपस्थितिका लागि सबै सदस्यलाई सूचित गरिएको प्रदेश सभा सचिवालयका निमिक्त सचिव तेजप्रकाश जोशीले जानकारी दिए।
मुख्यमन्त्री भएको लामो समयसम्म पनि शाहीले मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन्। मुख्यमन्त्री भएको १४औँ दिनमा नेकपा (एकीकृत समाजवादी)का चन्द्रबहादुर शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री नियुक्त गरेका थिए। शाही मन्त्री नियुक्त भए पनि सत्तासाझेदार दलहरूबीच मन्त्रालय बाँडफाँडका विषयमा कुरा नमिल्दा मन्त्रिमण्डल विस्तार हुन नसकेको हो।
माओवादी केन्द्र, कांग्रेस र एकीकृत समाजवादीको सत्तागठबन्धन रहेको कर्णाली प्रदेश सरकारमा माओवादीले चार र एकीकृत समाजवादीले तीन मन्त्रालय माग गरिरहेका छन्। मुख्यमन्त्री शाहीले मुख्यमन्त्रीसहित चार मन्त्रालय कांग्रेससँगै राख्न खोजेका छन् भने माओवादीले सबैभन्दा ठूलो दल भएका कारण चार मन्त्रालय माग गरिरहेको छ। एकीकृत समाजवादीले विगतको सम्झौताअनुसार तीन मन्त्रालय दाबी गरिरहेको छ।source
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता दोब्बरले बढाएका छन् । पछिल्लो समय १ बजे सार्वजनिक भएको मतपरिणामअनुसार...
स्थानीय तह सदस्य निर्वाचन २०७९ को मैन अवधीमा मकवानपुरको बकैयामा मतदाता ‘फकाउन’ आचारसंहिता विपरित बाड्न लैजाँदै गरको खानेपानीको पाईप स्थानीयले...
पहिला पहिला निर्वाचन आयोगले मत दिने स्थानहरुमै टोली खटाएर मतदाता शिक्षा दिने गर्दथ्यो ? यस पटक त्यस्तो टोली आउँदैन ?”...