१७ जेष्ठ २०८०, बुधबार
May 31, 2023, Wednesday

फेरि बढ्यो हवाई भाडा

फेरि बढ्यो हवाई भाडा

पछिल्लोपटक नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेसँगै वायुसेवा सञ्चालकले पनि आन्तरिक हवाई टिकटमा जोड्ने इन्धनबापतको मूल्य बढाएका छन् । जसका कारण यो कात्तिक महिनामै फेरि हवाई इन्धनको मूल्य बढेको हो ।

अहिले हवाई इन्धनमा आयल निगमले आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएर प्रतिलिटर १ सय १ रुपैयाँ पु¥याएको छ । अब सोहीअनुसार हवाई यात्रुले आन्तरिक हवाई यात्राको क्रममा सबैभन्दा लामो रुटमा अधिकतम २ सय २० रुपैयाँसम्म बढी भाडा तिर्नुपर्ने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट समेत स्वचालित प्रणालीअनुसार पछिल्लोपटक बढेको परिमार्जित मूल्यलाई स्वीकृति प्रदान भएसँगै आइतबारदेखि नै यो नयाँ भाडादर कायम भएको वायुसेवा सञ्चालक संघले जनाएको छ ।

संघले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो । संघले उपलब्ध गराएको परिमार्जित फ्यूल ‘सरचार्ज’अनुसार सबैभन्दा बढी काठमाडौं–धनगढी रुटमा प्रतियात्रु २ सय २० रुपैयाँ भाडा बढेको छ । यसैगरी, काठमाडौंबाट हुने पर्वतीय उडानमा भने इन्धनमा लाग्ने शुल्क १ सय ७० रुपैयाँ बढेको छ । त्यसैगरी, पोखरा–विराटनगर रुटमा उड्ने यात्रुले प्रतिटिकट १ सय ८० रुपैयाँ बढी तिर्नुपर्ने भएको छ ।

अब काठमाडौंबाट जुम्ला उडानमा प्रति यात्रु १ सय ७० रुपैयाँ भाडा बढी तिनुपर्ने हुन्छ । काठमाडौंबाट सुर्खेतका लागि १ सय ७५ रुपैयाँ, काठमाडौंबाट नेपालगन्ज १ सय ६० रुपैयाँ र काठमाडौंबाट भद्रपुरका लागि अहिलेको भन्दा प्रतियात्रु १ सय ५० रुपैयाँ भाडा बढेको संघले जनाएको छ ।source

Related News

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
  • २९ कार्तिक २०७८, सोमबार

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • २९ कार्तिक २०७८, सोमबार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • २९ कार्तिक २०७८, सोमबार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

TOP