करिब ३ लाख २० हजार पञ्जाब सैनिकले पहिलो विश्वयुद्ध लडेको तथ्यांक सार्वजनिक भएको छ । बेलायती इतिहासकारले सो खुलासा गरेका हुन् । सय वर्षभन्दा अगाडिदेखि गुमनाम रहेको सो तथ्यांक बिहीबार इतिहासकारहरुले सार्वजनिक गरेका हुन् ।
बिहीबार युद्धविराम दिवसको अवसरमा पहिलो विश्वयुद्धमा योगदान पुर्याउने पञ्जाब (भारतीय) सैनिकहरुको सूचि प्रस्तुत गरिएको थियो । सो सूचि पाकिस्तानको लाहोर म्युजियमले वेबसाइटमा अपलोड गरेको थियो ।
पहिलो विश्वयुद्धमा योगदान पुर्याएका अन्य मुलुकका सैनिकहरुको मोटामोटी तथ्यांक पत्ता लागेको भएपनि सन् १९४७ मा पञ्जाब, पाकिस्तान र भारत अलग्गिदाँ पञ्जाव सैनिकको एकिन तथ्यांक नभेटिएको दी गार्जिएनमा उल्लेख छ ।
लामो समयदेखिको खोजले पहिलो विश्वयुद्धमा योगदान पुर्याउने पञ्जाब सैनिकको तथ्यांक हाल पत्ता लागेको इतिहासकारहरुले गार्जियनसँग बताएका छन् । हिन्दू, मुस्लिम र शिख धर्म मान्ने पञ्जाव सैनिकले सहयोगी सैनिकको रुपमा पहिलो विश्वयुद्ध लडेका थिए ।
सन् १९१९ मा पहिलो विश्वयुद्ध समाप्तिपछि पञ्जाव सरकारले २६ सय पृष्ठ लामो पञ्जाव सैनिकको विवरण राखेको थियो । यद्यपि, सो तथ्यांक हालसम्म सबैको पहुँचमा नभएको बताइएको छ ।Source
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...
पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...