१० चैत्र २०७९, शुक्रबार
March 24, 2023, Friday

जनगणना महत्त्वपूर्ण राष्ट्रव्यापी कार्यक्रम हो, सफल बनाऔं : राष्ट्रपति

जनगणना महत्त्वपूर्ण राष्ट्रव्यापी कार्यक्रम हो, सफल बनाऔं : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले जनगणना राज्यले सञ्चालन गर्ने कल्याणकारी कार्यक्रम तथा सामाजिक सुरक्षा लगायतका सुविधाको प्रक्षेपण गर्ने महत्वपूर्ण आधार भएको बताएकी छन्। राष्ट्रिय जनगणना २०७८ को सन्देश जारी गर्दै उनले राष्ट्रिय जनगणनामा सही विवरण उपलब्ध गराई सही विवरण टिपाउन सबैले सहयोग गर्नुपर्ने बताएकी हुन्।

‘सबै नागरिकको पारिवारिक, सामाजिक तथा आर्थिक विवरणहरू सङ्कलन, प्रशोधन एवं प्रकाशन गर्ने समष्टिगत प्रक्रिया नै जनगणना हो। जनगणनामार्फत् उपलब्ध हुने तथ्याङ्क मुलुकको विकास निर्माणसम्बन्धी नीति‚ योजना र कार्यक्रम निर्माणको लागि आवश्यक सूचनाको स्रोत हुनुका साथै राज्यले सञ्चालन गर्ने कल्याणकारी कार्यक्रम तथा सामाजिक सुरक्षा लगायतका सुविधाको प्रक्षेपण गर्ने महत्वपूर्ण आधार रहिआएको छ।’ सन्देशमा भनिएको छ,‘त्यसैले, राष्ट्रिय जनगणनामा सही विवरण उपलब्ध गराई आफ्ना छरछिमेकी तथा परिचितलाई समेत सही विवरण टिपाउन सबैले सहयोग गर्नुपर्दछ।’

ठूलो परिमाणमा स्रोत, साधन तथा जनशक्ति प्रयोग हुने र तयारीको लागि समेत लामो समय लाग्ने भएकाले जनगणनालाई महत्त्वपूर्ण राष्ट्रव्यापी कार्यक्रमको रूपमा सफल तुल्याउनु पर्ने उनको भनाई छ।

राष्ट्रपति भण्डारीले यथार्थ विवरण टिप्ने र टिपाउने कार्यमा योगदान गर्न जनप्रतिनिधि लगायत सबैलाई आह्वान गरेकी छन्। सन्देशमा भनिएको छ,‘जनगणनाबाट प्राप्त तथ्यलाई नै मुलुकका बारेमा आधिकारिक जानकारीको स्रोत समेत मानिने हुनाले यथार्थ विवरण टिप्ने र टिपाउने कार्यमा योगदान गर्न जनप्रतिनिधि, सामाजिक संघसंस्था एवं सम्बद्ध सबैमा आव्हान गर्दछु।’

आजदेखि सुरु भई आगामी मङ्सीर ९ गतेसम्म सबै नेपालीहरूको व्यक्तिगत तथा पारिवारिक विवरण सङ्कलन गर्ने प्रयोजनका लागि केन्द्रीय तथ्याङ्क विभागले मुलुकभरि गणकहरू खटाएको छ।

नेपालमा वि.सं. १९६८ देखि जनगणना गरिने कार्यको थालनी भएको हो। एक शताब्दी लामो इतिहास पूरा गरिसकेको जनगणनाका पछिल्ला नतिजाहरू प्रकाशनका रूपमा पनि उपलब्ध छन्।उनले राष्ट्रिय योजना आयोग अन्तर्गत केन्द्रिय तथ्याङ्क विभागको सक्रियतामा सुरु हुन लागेको राष्ट्रिय जनगणनाको सफलताको शुभकामना व्यक्त गरेकी छन्।Source

Related News

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
  • २५ कार्तिक २०७८, बिहीबार

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...

नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
  • २५ कार्तिक २०७८, बिहीबार

नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...

खडेरीले खेती सुकेपछि किसान चिन्तित
खडेरीले खेती सुकेपछि किसान चिन्तित
  • २५ कार्तिक २०७८, बिहीबार

पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...

TOP