१७ जेष्ठ २०८०, बुधबार
May 31, 2023, Wednesday

४५ जना यात्रु सवार बस नारायणगढमा दुर्घटना, बस चलाउने सहचालक लठ्ठिएको अवस्थामा फेला

४५ जना यात्रु सवार बस नारायणगढमा दुर्घटना, बस चलाउने सहचालक लठ्ठिएको अवस्थामा फेला

सहचालकले बस चलाउँदा दुर्घटना
चितवन : भ्रमणका लागी सौराहा आएको बस नारायणगढको लायन्स चोकमा दुर्घटनामा परेको छ। सौराहा घुम्न रिजर्भमा आएको भे २ ख २८३६ नम्बरको यात्रुबाहक बस बुधबार बिहान ८ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लायन्सचोकमा रहेको नहरमा खसेको हो। बसमा सवार ४५ जना यात्रु सामान्य रहेका छन्। सडकमा गुडिरहेको म्याजिक बस र अटोरिक्सालाई ठक्कर दिएर अनियन्त्रित भएको बस नहरमा खसेको हो।

दुर्घटनामा परेर बसका चालक विनोद शर्मा सामान्य घाइते भएका छन्। उनी बसको अगाडिको भागमा बसेका शर्मालाई सिसाले काटेको छ। सहचालक रमेशकुमार कर्णले बस चलाएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रघुसिंह विष्टले बताए। कर्णले लागु औषध सेवन गरेर सवारी चलाएको हुनसक्ने विष्टले बताए। ‘सहचालक लठ्ठिएको अवस्थामा हामीले भेट्यौँ , मापसेको गन्ध भेटिएन। लागु औषध खाएको हुनसक्ने अवस्था देखिएन। ’ उनले भने ‘ थप अनुसन्धान गर्दैछौँ।

तिहारमा देउसी खेलेको पैसाले सौराहा घुम्न आएका थिए। आफन्त र छिमेकी मिलेर घुम्न आएको बसमा सवार रत्नादेवी पुनमगरले बताइन्। ‘हिजो साँझ हिडेको आज सौराहा घुमेर आज साँझ फर्किने योजना हो ’, उनले भनिन् ‘ धन्न ज्यान जोखियो कसैलाइ केही भएन। त्यसैमा चित्त बुझाएका छौँ। ’

Related News

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
  • २४ कार्तिक २०७८, बुधबार

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...

नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
  • २४ कार्तिक २०७८, बुधबार

नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...

खडेरीले खेती सुकेपछि किसान चिन्तित
खडेरीले खेती सुकेपछि किसान चिन्तित
  • २४ कार्तिक २०७८, बुधबार

पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...

TOP