सोमबार ‘नहाखाय’ विधिबाट धार्मिक तथा पारम्परिक विधि सुरु गरेका छठ व्रतालुहरुले मंगलबार ‘खरना’ विधि गर्दै छन् । ‘रस्याउ रोटी’ समेत भनिने यो विधिमा व्रतालुहरुले मंगलबार साँझ घरघरमा छठी माताको पूजा गरेर दूध र गुँड हालेर पकाइएको खिर (रस्याउ) र पुरी खानेछन् ।
रस्याउ रोटीलाई प्रसादको रुपमा परिवारका अन्य सदस्य तथा इष्टमित्र छरछिमेकलाई समेत खुवाइन्छ । छिमेकीलाई अग्रिम निम्तो दिने चलन छ । रस्याउ रोटी खाने निम्तालुले दिन भरी मासुमाछा जस्ता तामसिक भोजन नगरी शुद्ध शाकाहारी बसेका हुन्छन् ।
व्रतालुहरुले मंगलबार साँझ रस्याउ रोटी आएपछि बुधबार दिनभरी निर्जल निराहार व्रत लिएर साँझ अस्ताउँदै सूर्य र बिहीबार बिहान उदाउँदो सूर्यको उपासना पछि प्रसाद खाएर मात्र व्रत तोड्ने छन् । बुधबार साँझ व्रतालु तथा तिनका परिवारका सम्पूर्ण सदस्यहरु घर नजिकको पोखरी, नदी, सरोवर आदि जलाशय निर्मित आकर्षक छठी घाटमा पुग्नेछन् । नयाँनयाँ वस्त्र परिधान लगाएका व्रतालुका परिवारका सदस्यले व्रतालुको पूजा सामग्रीहरु राखिएको बासको छैंटी टाउकोमा बोकेर घाटसम्म लग्ने चलन छ । विशेष गरी परिवारका पुरुष सदस्यले यो जिम्मेवारी पुरा गर्दछन् ।
छठ पर्वका लागि वीरगन्जका घडिअर्वा, रानिघाट, नगवा, मूर्ली आदिका घाटहरु सिंगारेर बेहुली झैं सिंगारिएका छन् । जिल्लाको ग्रामिण भेकका पनि सबै जसो गाउँमा छठ घाटहरु तयार पारिएका छन् । वीरगन्ज त्यसमा पनि घडिअर्वा पोखरी परिसरमा गरिने छठ पूजाले वर्षेनी राष्ट्रव्यापी चर्चा पाउने गरेको छ ।
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...
पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...