देशभर थप तीन सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा तीन सय ७१ र एन्टिजेन परीक्षणमा १९ जनामा संक्रमण देखिएको हो।
यो अवधिमा दुई हजार ६ सय ६ जनाको पिसिआर परीक्षण र दुई हजार चार सय २० जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
हाल देशभर सात हजार ६ सय ५४ जना सक्रिय संक्रमित रहेका छन्। सोमबार चार सय २५ जना कोरोना संक्रमणमुक्त भएका छन्।
पछिल्लो २४ घन्टामा पाँचजना संक्रमितको मृत्यु भएको छ। हालसम्म मृत्यु हुने संक्रमितको संख्या ११ हजार चार सय ५३ पुगेको छ।
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...
पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...