२८ श्रावण २०७९, शनिबार
August 13, 2022, Saturday

गोविन्द केसी गगन थापालाई भोट माग्दै

गोविन्द केसी गगन थापालाई भोट माग्दै

प्राडा गोविन्द केसीले अध्यादेशमार्फत चिकित्सा ऐन ल्याउनेदेखि अहिलेसम्मका उपलब्धि हासिल हुनुमा पूर्व स्वास्थ्यमन्त्री गगन थापाको महत्ववूर्ण योगदान रहेको बताएका छन्।
उनले शीर्ष नेताले पटकपटक अटेरी गर्दै आएको अवस्थामा जनताले सधैँ गुणस्तरीय, सुलभ शिक्षा र स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने विषयमा नेपाली काँगे्रसका नेता थापाले सदैव सक्रिय भूमिका खेलेको भन्दै आज सञ्चारकर्मीमार्फत कृतज्ञता व्यक्त गरे ।

उनले अन्य धेरै महत्वपूर्ण व्यक्तिको साथसँगै पूर्वमन्त्री थापाको सक्रियताले अध्यादेशमार्पmत ऐन ल्याउन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने विषयमा पनि थापाले खेलेको भूमिकाको प्रशंसा गरे।

नजिकिँदै गरेको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा आफ्नो अमूल्य मतको सदुपयोग गर्न सबैलाई आग्रह गर्दै प्राडा केसीले भने, ‘तीन करोड नेपालीको हितमा आफ्नै पार्टीविरुद्ध पनि आवाज उठाउन सक्ने नेतालाई छानौँ, जसले जनताका छोराछोरीका लागि लड्न सक्छ यस्तो नेतालाई छानेर आफ्नो मतको सदुपयोग गरौँ ।’ रासस

Related News

खडेरीले खेती सुकेपछि किसान चिन्तित
खडेरीले खेती सुकेपछि किसान चिन्तित
  • १६ मंसिर २०७४, शनिबार

पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...

शिवजीको प्रिय महिना साउन , के के गर्न सकिन्छ ब्रतमा
शिवजीको प्रिय महिना साउन , के के गर्न सकिन्छ ब्रतमा
  • १६ मंसिर २०७४, शनिबार

भगवान शिवको प्रिय महिना साउनको पहिलो सोमवार आराध्यदेव पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ । विहानैदेखि भक्तजनहरुको उल्लेख्य...

उपत्यकामा २ हजार रोपनी जग्गा गैर कानुनी प्लटिङ
उपत्यकामा २ हजार रोपनी जग्गा गैर कानुनी प्लटिङ
  • १६ मंसिर २०७४, शनिबार

 काठमाडौं उपत्यकामा २ हजार रोपनीभन्दा बढी जग्गा गैरकानुनी रूपमा प्लटिङ गरेको पाइएको छ ।गैरकानुनी रूपमा धमाधम जग्गा प्लटिङ भइरहँदा पनि...

TOP