Namaraj Bhatta, Source: Healthnewsnepal
काठमाडौं, २१ कार्तिक २०७७
नेपाल औषधि व्यवस्था विभाग र नेपाल आयुर्वेद औषधि उत्पादक संघ (AMPAN) बीच आयुर्वेद औषधि उद्योगको समस्या र समाधानका लागि छलफल भएको छ।
बुधबार भएको छलफलमा नेपाल आयुर्वेद औषधि उत्पादक सङ्घका अध्यक्ष विनोद पौडेल, उपाध्यक्ष मान बहादुर साउँद तथा महासचिव सुमन पाण्डे लगायतका पधाधिकारीहरु र औषधि व्यवस्था बिभागका महानिर्देशक भरत भट्टराई तथा अन्य कर्मचारीहरुबीच आयुर्वेद औषधी उद्योगको प्रवर्द्धन र विकासका लागि गम्भीर छलफल भएको छ।
बिभाग द्वारा राखिएको सो कार्यक्रममा विभागका महानिर्देशक भरत भट्टराईले जडीबुटीको धनी देश नेपालमा आयुर्वेद क्षेत्रको प्रचुर सम्भावना भएको र यसको प्रवर्द्धन एवं विकास गर्ने सरकारको नीति रहेको भन्दै नेपाल आयुर्वेद औषधि उत्पादक संघसंग समन्वयन गरी अगाडि बढ्ने जानकारी दिए।
त्यसैगरी उनले नेपाल आयुर्वेद औषधि उत्पादक संघले उठाउदै आएका समस्याहरुका बारेमा एक विज्ञ सहितको समिति गठन गरी समस्या समाधानतर्फ आवश्यक निर्णय लिने जानकारी दिए।
नेपाल आयुर्वेद औषधि उत्पादक सङ्घका अध्यक्ष विनोद पौडेलले समग्र औषधि व्यवस्था विभागलाई धन्यवाद दिँदै नब नियुक्त महानिर्देशक भरत भट्टराईज्यूले औषधि व्यवस्था विभागमा बोलाई छलफल र आयुर्वेदका समस्या समाधान तिर उन्मुख भएको भन्दै धन्यवाद दिनुभयो।
त्यसैगरी सङ्घका महासचिव सुमन पाण्डेले आयुर्वेद औषधि उद्योगको विकास एवं प्रर्वद्धनमा औषधि व्यवस्था विभागले संघसङ छलफल गर्नु सकारात्मक रहेको र संघका गुनासा र अपेक्षाहरुलाई समाधानका लागि विज्ञ सहितको समिति तत्काल गठन गर्ने निर्णयसमेत भएको जानकारी दिनुभयो।
आयुर्वेद औषधि उत्पादक संघका उपाध्यक्ष मान बहादुर साउँदले यस्ता छलफलले आयुर्वेद औषधि उत्थानका लागि सकारात्मक पाइला चाल्ने विश्वास लिएको बताए।
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...
हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...