यहि श्रावण ३१ गते शनिवार विहान ८ बजेबाट प्राविधिक र सीपमूलक जनशक्ति उत्पादन गर्दै तालिम र रोजगारका क्षेत्रमा दुई दशक देखि महत्वपूर्ण योगदान दिदै आएको नेपाल तालिम तथा रोजगार व्यवसायी महाँसंघको आयोजनमा एक दिवसीय भर्चुअव प्रदेश अधिवेसन संचालन हुने जानकारी महासंघले जनाएको छ । बार्षिक २० देखि २५ अर्ब सीपमूलक तालिमको नाममा खर्च हुने तर देश हाँक्ने युवाहरु खाडीमा रगत पसिना बगाउनुपर्ने बास्तविकता रहेको बर्तमान अवस्थामा सवै प्राविधिक तथा सीपमूलक जनशक्ति विकास र उत्पादनको क्षेत्रमा कार्य गर्ने व्यक्ति तथा संघ संस्थाहरुलाई व्यापक रुपमा आब्हान गर्दै प्रथम बागमती प्रदेश स्तरीय अधिवेसनको आयोजना गरिएको हो ।
उद्घाटन सत्रमा महासंघका केन्द्रीय अध्यक्ष तथा प्रमुख अतिथि चन्द्र साउद तथा महासंघका बरिष्ठ पदाधिकारी अच्युत नेपालले शुभकामना मन्तव्य दिनुहुनेछ भने आयोजक समितिका संयोजक एवं बागमती प्रदेश अध्यक्ष बद्री प्रसाद दाहालले यस अधिवेसन मार्फत् प्राविधिक र सीपमूलक कार्यक्रम महाअभियानको थालनी गर्न कार्यसमिति विस्तार गर्न बागमती प्रदेशका तालिम प्रदायक तथा रोजगार व्यवसायीहरुलाई निमन्त्रणा समेत गरिएको छ । नवनियुक्त बागमती प्रदेश प्रमुख बद्री दाहालले सम्पूर्ण तालिम प्रदायक संस्थाहरु तथा रोजगारदाता हरुलाई भर्चुअल अधिवेसनमा सहभागी बनी कार्यक्रम सफल पार्न विशेष अनुरोध गर्नुभएको छ ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ को मैन अवधीमा मकवानपुरको बकैयामा मतदाता ‘फकाउन’ आचारसंहिता विपरित बाड्न लैजाँदै गरको खानेपानीको पाईप स्थानीयले...
पहिला पहिला निर्वाचन आयोगले मत दिने स्थानहरुमै टोली खटाएर मतदाता शिक्षा दिने गर्दथ्यो ? यस पटक त्यस्तो टोली आउँदैन ?”...
रसुवाका सबै मतगणनास्थलमा सिसिटिभी जडान गरिएको छ। निर्वाचन आयोगले मतगणनास्थलमा सिसिटिभी अनिवार्य गरेकाले जिल्लाको पाँचवटै मतगणनास्थलमा सिसिटिभी जडान गरिएको हो। ...