दिपीका रेग्मी उमेरले ३२ पुगिन् । काठमाडौंको सितापाईला बस्दै आएकी उनी कृषि विकास बैंकको शाखा कार्यालय न्युरोडमा काम गर्छिन् । न्युरोड शाखामा ब्यक्ति र संस्थाहरुले विभिन्न बैंकको चेक मार्फत कृषि विकास बैंकमा जम्मा गर्न ल्याएको रकममा गोलमाल गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको छ ।
चेक डिपोजीटमै गोलमाल गरेर चार करोड भन्दा बढी आफन्तको खातामा डिपोजिट गरेको खुलेपछि दिपीकासहित अन्य दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको केन्द्रिय अनुसन्धान ब्युरोका निर्देशक डिआईजी पुष्कर कार्कीले जानकारी दिए । ‘बैंकको टेलर दिपीकासहितका अन्य दुई जना कसुरमा संलग्न देखिएका छन्’ डिआईजी कार्कीले भने, ‘दिपीकाले बैंकमा आउने चेकलाई सम्वन्धित ब्यक्ति र आफ्ना आफन्तहरुको नाममा समेत डिपोजिट गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।’
दिपीका रेग्मीले ईलेक्ट्रोनिक चेक क्लियरेन्स (ईसिसी) मार्फत सम्वन्धित हितग्राहीको खातमा जम्मा गरिसकेपनि उक्त भुक्तानी गरेबापत सुचारु गरेको रिपोर्टलाई इडिट गरेर सोही चेकलाई पुनः ईसिसीमार्फत आफन्तको खातामा जम्मा गर्ने गरेको पाईएको छ । यसरी बैंकीङ फ्रड गरेर दिपीकाले चार करोड एकानब्बे लाख कृषि विकास बैंकलाई नोक्सानी गरेको डिआईजी कार्कीले बताए ।
यसरी बैंकलाई झुक्याएर कमाएको पैसा उनले धेरैजसो सुनचाँदी खरिदमा खर्च गर्ने गरेको पाईएको छ । दिपीकाले एउटै सुन पसलबाट एक करोडभन्दा बढी रकमको सुन खरिद गरेको खुल्न आएकोसँगै केन्द्रीय अनुसन्धान ब्युरोले सुन चाँदी ब्यवसायी प्रकाश घतानीलाई समेत नियत्रणमा लिएको छ ।
प्रहरीका अनुसार सुन चाँदी खरिद गर्ने नाममा दिपीकाले घतानीको खातामा एक करोड रुपैयाँ डिजोजिट गरिदीएकी थिइन् ।
बालाजु बस्ने घतानी बाहेक प्रहरीले सोही कसुरमा संलग्न दोलखाका रमेश कुमार थापालाई पनी नियन्त्रणमा लिएको छ । उनीहरुमाथी उच्च अदालत पाटनबाट म्याद लिएर बैंकीङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम अनुसन्धान भईरहेको बताईएको छ ।
सरकारले असार १ गतेदेखि मतदाता नामावलीमा नाम दर्ता गरिरहेको छ । यसअघि मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका तथा भर्खरै...
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको भेरी–बबई डाइभर्सन आयोजनाको निर्माण सक्न अझै तीन वर्ष लाग्ने देखिएको छ । याे आयोजनाको हालसम्म...
सुदूरपश्चिम प्रदेशमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । दैनिक प्रयोगमा आउने चामल, खाने तेल, ग्यास, चामल, चिनी, तरकारी, फलफूल,...