सीप, संस्कार र प्रविधिको गरिखान सक्ने शिक्षा स्थापनाको मान्यतालाई स्थापित गर्ने आधारको उद्घोष गर्दै दुईदिने विद्यालय शिक्षामा राष्ट्रिय सम्मेलन भब्यताका साथ सम्पन्न भएको छ । प्याप्सन, सिटीएफ, क्षिक्षा मन्त्रालय, काठमाण्डौ विश्व विद्यालयको संयुक्त पहलकदमीमा संचालित कार्यक्रममा देशै भरिबाट ५०० भन्दा बढी विद्यालयका संचालकहरुको उपस्थिति रहेको थियो । निजी शिक्षाले देशको अर्थतन्त्रमा ठूलो योगदान दिइरहको बर्तमान परिप्रेक्षमा यस क्षेत्रलाई अझ जिम्वेवार, सशक्त एवं समयसापेक्ष विकास गर्दै लैजाने गरी सम्मेलनले प्रस्ताव पारित गरेको छ । कार्यक्रमको उद्घाटन सत्रका प्रमुख अथिति उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोख्रेलले अव सरकार देखिने प्रकारको शैक्षिक क्रान्तिमा लाग्ने बताउनु भयो भने विशिष्ट अथितिको आसनबाट बोल्नु हुने शिक्षा मन्त्री गिरिराजमणि पौडेलले आत्मनिर्मार बनी देशमै काम गर्नसक्ने शिक्षाको थालनी गर्न सवैलाई आग्रह गर्नुभयो । यसप्रकारको सम्मेलन हरेक बर्ष संचालन गरिने र अव प्रादेशिक रुपमा पनि अफ ससत्तः र व्यापक बनाएर लैजाने उदुघोष सहआयोजकका तर्फबाट सिटीएफ नेपालका अध्यक्ष बद्री प्रसाद दाहालले गर्नुभएको थियो । सम्मेलनको अध्यक्षता प्याप्सनका अध्यक्ष टीकाराम पुरीले गर्नु भएको थियो भने संयोजन राजेन्द्र बानियाले गर्नुभएको थियो ।
दार्चुलामा हाइस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका —९ गोकुलेश्वरबाट पनेबाँजतर्फ जाँदै गरेको म १...
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै अग्रता कायम राखेका छन् । निर्वाचन आयोगले सोमबार दिउँसो साढे १...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई नेपाल आउँदा छुट्टै आनन्द आउने बताएका छन् । लुम्बिनीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले नेपाल...