युटीभी समचारदाता, काठमाण्डौ, माघ १
इलाम विकास समाज (इविस) ले गत बर्षझै यसबर्षको माघे संक्रान्ति पनि विशेष रुपमा कार्यक्रमको आयोजना गरी भव्यताका साथ सम्पन्न गरेको छ । मिनि माईवेनीमा इलामेली र इलामलाई माया गर्ने इस्टमित्रहरुको एउटै जमघट रहेको मेला अनामनगर शिव मन्दिरमा सौहार्दपुर्वक संचालन भएको छ । समाजका अध्यक्ष राधेश्याम लेकालीले सवै आगन्तुक अतिथि तथा उपस्थित इलामेली मनहरुलाई स्वागत गर्दे साँस्कृतिक कार्यक्रममा सरिक हुन आग्रह गर्नुभएको थियो भने समाजका महासचिव प्रदीप घिमिरे कार्यक्रम संचालन गर्नु भएको थियो ।
कार्यक्रममा पुर्व सभामुख सुवासचन्द्र नेम्वागं, सभासद सुजाता परियार, सानु सेवा, अगमसिंह बान्तवा, काठमाण्डौ क्षेत्र नं १ का प्रदेश सभासद गणेश दुलाल, सम्भु श्रेष्ठ, पुर्वसचिव खेमराज नेपाल, रविन्द्र भट्टराई,, डम्वर खड्का लगायत इलाम जन्मथलो भई काठमाण्डौ, भक्तपुर अनि ललितपुरमा कर्मथलो बनाई विभिन्न व्यवसायी, उद्योगी, कर्मचारी, विद्यार्थी गरी ५०० भन्दा बढी इलामेलीको जमघट रहेको थियो ।
कार्यक्रम आयोजक समितिमा समाजका उपाध्यक्ष द्धय मोहन भक्तराज, दीपक गौतम, महासचिव प्रदिप घिमिरे, सचिव अर्जुन भट्टराई, कोशाध्यक्ष इश्वर श्रेष्ठ, सदस्यहरु निर्मल दाहाल, बसन्त खान लगायत रहनुभएको छ ।
इलामेली विकास समाजले सवै इलामेलीलाई बृहद् रुपमा समेट्ने गरी आगामी फाल्गुणमा बनभोजको कार्यक्रमको समेत आयोजना गरिएको महासचिव प्रदीप घिमिरेले जानकारी गराउनु भयो । समाज समग्र इलामको विकास, इलामेलीको एकता र सहयोगको लागि स्थापना भएको संस्था भएकोले विभिन्न समाजसेवीहरुबाट स्वतस्फुर्त रुपमा आर्थिक सहयोग समेत प्राप्त भएको थियो । इलामलाई अझ व्यवस्थित रुपमा समेटेर लैजान इलाम हाउसको अवधारणा विकास गरी अगाडि बढाईएको उपाध्यक्ष दीपक गौतमले जानकारी दिनुभयो ।
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...
हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...