बालबाटिकाडटकमको उपत्यकाव्यापी अन्तरविद्यालय हस्तलेखन फाइनल राउण्ड सम्पन्न
बालबाटिका डटकम द्धारा आयोजित उपत्यका व्यापी अन्तरविद्यालय स्तरीय हस्तलेख प्रतियोगिताको ग्रान्ड फिनाले कार्ययकम एक भव्य समाह्रोहका बीच सम्पन्न भएको छ । सिटीएफ नेपालको भगिनी संस्था बालबाटिका डटकम को प्रमुख आयोजनामा सम्पन्न कार्यक्रममा नेपालमा शिक्षा क्षेत्रका उच्च पदस्थ व्यक्तित्व तथा विशेषज्ञको उपस्थिति रहेको थियो । कलेज अफ सेन्ट्रल स्टेट तथा इन्टेन्सिभ एकेडेमी कालीमाटीको प्रांगणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि शिक्षाविद् खेमबन्धु कोइराला, अथितिहरु हस्तलेखन विशेषज्ञ तथा प्रशिक्षक
बामदेव योगी, सिटिएफ का कन्सल्टिगं हेड राजेन्द्र दहाल, एनप्याप्सनका सचिव सम्भु अधिकारी, पेन्सिल फाउन्डेसनका डाइरेक्टर तथा प्यारेन्टिगंका अन्तराष्ट्रिय प्रशिक्षक रत्न भण्डारी, सिर्जनशील लेखनका निर्णायक दिनेश थापा को विशेष उपस्थिति थियो भने कार्यक्रमको संयोजन हरिस डिसीले गर्नुभएको थियो, । कार्यक्रमको अध्यक्षता बालबाटिका डटकम का प्रमुख कार्यकारी निर्देशक बद्री दहालले गर्नु भएको थियो ।
प्रतियोगितामा ८,९, १० समूहबाट प्रथम दिक्षान्त ढुंगेल, द्धितीय प्रियंका शाह ठकुरी, तृतीय आस्रुति लामा र सान्त्वना तर्फ देविका ओझा विजयी भएका छन् त्यस्तै ६ र ७ समूह तर्फ कल्पना न्योपाने सान्त्वना, गायत्री शाह तृतीय, स्मृति टंडन द्धितीय र स्रुति तामागं प्रथम स्थानमा विजयी भएका छन् त्यस्तै गरी १ देखि ५ समूहतर्फ प्रथम रंतिता गुरुगं, द्धितीय समीक्षा केसी र तृतीय कुसुम तामांग भइ बिजयी भएका छन् ।
त्यस्तैगरी सिर्जनशील लेखन तर्फ क्रमस आयुस्मा कार्की, विष्णु शाह, सुवर्ण खड्का तथा श्रेया गौतम बिजयी भएका छन् ।
कार्यकमका संयोजक हरिस डिसीले सवैलाई जानकारी गराउनु हुदै अव बालबाटिका डटकमले आगामी दिनमा नेपाली हस्तलेखन प्रतियोगिता, नृत्य प्रतियोगिता, गायन प्रतियोगिता लगायतका आकर्षक कार्यक्रम लिएर निकट भविष्यमा उपस्थित हुने जानकारी गराउनु भयो ।
बिजयी बिद्यार्थीेलाई क्रमस १५,०००, १०,०००, ५००० र ३००० नगद तथा प्रमाणपत्रसहितको मेडल प्रदान गरिएको थियो ।
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...
हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...