प्याप्सनको आयोजना तथा सिटिएफ नेपालको सहआयोजना साथै शिक्षा मन्त्रालयको सहकार्य र काठमाण्डौ विश्वविद्यालयको प्राज्ञिक साजेदारीमा विद्यालय शिक्षा बिषयक राष्टिय सम्मेलन आयोजना हुदैछ । विद्यालय शिक्षा बिषयक राष्टिय सम्मेलन नेपालको शिक्षा इतिहासमा सार्वजानिक निजी साजेदारी सहितको एउटा नौलो प्रयोग हो । सीप, संस्कार र प्रविधि सहितको क्षिक्षाका लागि शिक्षामा रुपान्तरण भन्ने नाराका साथ सम्मेलनको आयोजना गरिएको प्याप्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरीले बताउनु भयो । सम्मेलनबाट नेपाललाई शैक्षिक हवको रुपमा विकास गर्ने अभियानको शुरुवात नेपाल भ्रमण बर्ष सगै हुने जानकारी पुरीले गराउनु भयो । माघ महिनाको ९ र १० गते संचालन गरिने सम्मेलन काठमाण्डौको हायत होटलमा हुदैछ । देशभरका गुणस्तरीय शिक्षा निर्माणका लागि करिव ४०० भन्दा बढी विद्यालय व्यवस्थापक तथा प्रिन्सिपलहरुको उपस्थितिमा बिद्यालय शिक्षा क्षेत्रका सबै सरोकारवालाहरुको उपस्थितिमा सम्मेलन संचालन गरिने आयोजकले जानकारी आयोजकले दिएको छ । सीप, संस्कार र प्रविधि सहितको शिक्षाको विकासका लागि विद्यालय नेतृत्वमा रुपान्तरण स्थापित होस् भन्ने मुख्य आसय रहेको यो कार्यक्रम प्रधानाध्यापक, व्यवस्थापक तथा शिक्षाकर्मीका लागि निकै महत्वपूर्ण र फलदायी हुने अपेक्षा राखिएको छ । कार्यक्रममा सहभागी हुन र सफल सम्मेलनको सम्पन्नताका लागि सहआयोजक सिटीएफ नेपालका अध्यक्ष बद्री दाहालले सवैसंग आग्रह गर्नुभयो ।
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...
हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...