२२ मंसिर २०७८, बुधबार
December 8, 2021, Wednesday

नेपालको सवैभन्दा ठुलो मेवा फार्म अन्नपूर्ण कृषि फार्ममा प्रदेश मन्त्रीको भ्रमण

नेपालको सवैभन्दा ठुलो मेवा फार्म अन्नपूर्ण कृषि फार्ममा प्रदेश मन्त्रीको भ्रमण


युअटीभी सम्वाददाता
नेपालको सवैभन्दा ठुलो मेवा फार्म अन्नपूर्ण कृषि फार्म चितवन जिल्ला, कालिका नगरपालिका, बडा नं ६ जिरौनामा संचालनमा आएको छ । नेपालका अनुभवी तथा विशेषज्ञ व्यक्तित्वहरु डा. खेमराज भट्टराई, मानबहादुर साउद, भगवती मैनाली, सुमन अधिकारी को संयुक्त लगानीमा संचालित फार्म १ करोड भन्दा बढी लगानीमा संचालनमा रहेको छ । १० बिघा क्षेत्रफलमा फैलिएको परियोजनमा १२,००० भन्दा बढी मेवाका बोटहरु उत्पादनको नजीक रहेका छन् भने बार्षिक ५०० टन मेवा उत्पादन गर्ने लक्ष्य लिएर फार्मले आफ्नो कार्य अगाडि बढाइरहेको छ । संसारकै सवैभन्दा रसिलो र मिठो फल आम मानिसलाई खुवाउने सोच लिएर अन्नपूर्ण कृषि फार्मले आफ्नो यात्रा निरन्तर संचालन गरिरहेको छ ।
मानिसलाई निरोगी बनाउने, क्यान्सरबाट बचाउने, भिटीमिन एको बलियो स्रोत, शरीरको प्रतिरोधात्मक क्षमता बढाउने अमुल्य फललाई आम जनता सम्म पुर्याइ मेवामा आत्म निर्भर बनी आर्थिक सम्पन्नता कायम गर्ने सोचका साथ फामले गतिविधिहरुअगाडि बढाई रहेको कम्पनीका कार्यकारी अध्यक्ष डा. खेमराज भट्टराईले बताउनु भयो ।
परियोजनालाई अझ उचाइमा पुर्याउन साथै थप हौसला प्रदान गर्न प्रदेश नं. ३ का कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्री दावा दोर्जे लामाले निरिक्षण तथा अवलोकन गरी नेपालकै सवैभन्दा ठूलो मेवा फार्म संचालन गरेकोमा कम्पनीका संचालकहरुलाई बधाई तथा धन्यवाद ज्ञापन गर्नुभयो भने साथमा विशिष्ट कृषि बैज्ञानिकहरुको समेत सहभागिता रहेको थियो ।

Related News

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मर्नेको संख्या ३४ पुग्यो
इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मर्नेको संख्या ३४ पुग्यो
  • २५ मंसिर २०७६, बुधबार

इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ । ज्वालामुखी विस्फोटमा परेर अरू १७...

भारतमा दैनिक संक्रमितको संंख्या डेढ वर्षपछिकै कम
भारतमा दैनिक संक्रमितको संंख्या डेढ वर्षपछिकै कम
  • २५ मंसिर २०७६, बुधबार

भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या निकै कम भएको छ । अधिकारीहरुले पछिल्लो एक दिनमा डेढ वर्षपछिकै सवैभन्दा कम संक्रमित...

प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका ८६ वटा होटल बुकिङ
प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका ८६ वटा होटल बुकिङ
  • २५ मंसिर २०७६, बुधबार

नेपाली काँग्रेसको यही मङ्सिर २४ गतेदेखि सुरु हुने १४औँ महाधिवेशनमा भाग लिन काठमाडौं आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा...

TOP