चितवनमा “भृकुुटी नमुना स्काउट क्याम्पोरी २०७६” सम्पन्न भएको छ । कार्तिक २२ गते बाट सुरु भई २४ गते सम्म सञ्चालन भएको उक्त कार्यक्रममा १४ जिल्लाका ४८ विद्यालयबाट ११७१ विद्यार्थिको सहभागिता रहेको थियो । भातृत्व भगिनीत्व एवम् मित्रता अभिबृद्घि गर्ने, अनेकतामा एकता, नागरिकको चेतनाको विकास, मैत्री भावना, शान्ती, कला संस्कृतिको रक्षा तथा युवा÷युवती तथा किशोर÷किशोरीहरुलाई दुव्र्यसनीबाट बचाई रचनात्मक कार्यमा संलग्न गराउदै उनीहरुको सर्वाङ्गीण विकास गर्ने उद्देश्य राखी भृकुटी वोर्डिङ स्कुल भरतपूर–३ ले ३ दिने “भृकुटी नमुना स्काउट क्याम्पोरी” कार्यक्रम आयोजना गरिएको स्काउट शिक्षक तथा संयोजक रामु पाण्डेले जानकारी दिनुभयो । कार्यक्रमलाई नेपाल स्काउट चितवनका जिल्ला आयुक्त तीर्थराज न्यौपाने, संघिय संसदका माननीय सांसद एवं कानुन न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले सम्बोधन गर्नुभएको थियो । शाहशिक, मनोरञ्जनात्मक र वौद्घिक गरि ३ भागमा विभाजित गरिएको उक्त कार्यक्रममा शोभायात्रामा न्यु होराइजन वोर्डिङ स्कुल, प्रगति पाठशाला, लिटिल स्टार वोर्डिङ स्कुल र गुरुकुल स्कुल क्रमश ः प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्न सफल भएका थिए । अन्तर विद्यालय नृत्य प्रतियोगितामा न्यु होराइजन वोर्डिङ स्कुल, अर्किड स्कुल, ग्रीनल्याण्ड पब्लिक स्कुल तथा चित्रवन वोर्डिङ स्कुल क्रमश ः प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गरेका थिए । जिल्लाका उच्च पदस्थ व्यक्ति, राजनीतिज्ञ, समाजसेवी तथा स्काउटप्रेमीहरुको सहभागितामा उद्घाटन भएको कार्यक्रमको दोस्रो दिन बृहत क्याम्पफाएरका साथै अन्तिम दिन धार्मिक शहिष्णुतालाई उत्प्रेरित गर्न सर्व धर्म सभाको आयोजना गरी नारायणगढ बजार लगाएत विभिन्न भागको दृश्यावोलोकन कार्यक्रम समावेश गरिएको सहभागी शुभराज तिमल्सिनाले जानकारी दिनुभएको थियो ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ को मैन अवधीमा मकवानपुरको बकैयामा मतदाता ‘फकाउन’ आचारसंहिता विपरित बाड्न लैजाँदै गरको खानेपानीको पाईप स्थानीयले...
पहिला पहिला निर्वाचन आयोगले मत दिने स्थानहरुमै टोली खटाएर मतदाता शिक्षा दिने गर्दथ्यो ? यस पटक त्यस्तो टोली आउँदैन ?”...
रसुवाका सबै मतगणनास्थलमा सिसिटिभी जडान गरिएको छ। निर्वाचन आयोगले मतगणनास्थलमा सिसिटिभी अनिवार्य गरेकाले जिल्लाको पाँचवटै मतगणनास्थलमा सिसिटिभी जडान गरिएको हो। ...