मानिस स्वभावैले यथास्थितिमै रमाउँछ र बर्तमान अवस्थाबाट अर्को विकासको अवस्थामा फड्को मार्न इच्छा सवैलाई हुन्छ तर समाज, संगत र सोचको कारण प्राय मानव सभ्यता संभावित विकासको अवस्थामा पुग्न सकेको छैन । यौन आकर्षण, प्रेम अनि रासलीलामा अलिक बढी विश्वसमुदायनै संगीत र नृत्यको रुपमा सक्रिय र तल्लीन रहेको बास्तविकताका बीच गायक द्रोण पराजुलीले विकासबादी संगीतको नयाँ धारमा आफुलाई उभ्याउन खोजेको छन् ।
प्रेम, सद्भाव र परिवारसंगै देशको विकासलाई पनि सन्तुलित तवरले अगाडि बढाउन सकिन्छ र अझ उर्जा र विश्वासले आशा भन्दा माथिको उपलब्धी हासिल गर्न सकिन्छ भन्ने पहिलो गीत, आउप्रिय अव संगै, प्रस्तुत गरी स्रोताको माया पाए लगत्तै, शिक्षाको सुधार नगरी मुलुक विकसित बन्न सक्दैन भन्ने भावना सहितको शिक्षाको विकासवादी चिन्तनको प्रस्तुत गरे भने उनको तेस्रो गीत भने नेपालका सफल पर्यटन व्यवसायी, कलाकार तथा लेखक राजन सिंखडाको शब्द रचनामा नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी पर्यटनको विकासबादी गीत लिरिकल भिडियोको रुपमा सार्वजनिक गरेका छन् ।
पर्यटन बर्षको सफलताको कामना तथा पर्यटन व्यवसायीको एकताको कामना र उद्योगको विकासलाई सवैले हातोमालो गरेर सगं बढ्नु पर्ने गीतको मुख्य ध्येय रहेको छ ।
अव गीत सुन्ने, नृत्य गर्ने अनि सिर्जनाहरुमा पनि विकास र सकारात्मक सोच सहितको संस्कार विकास गरी हाम्रा दैनिकी, आवश्यकता, पुर्वाधार विकास तथा सक्रिय आर्थिक अवस्था सहित संकार र प्रविधि युक्त रचनाको विकास होस र सवै सर्जकहरु यस विकासबादी अभियानमा जोडिदै जानुहोस् भन्ने अनुरोध गर्दछन् सर्जक एवं विकासबादी साहित्य प्रतिस्ठानका संयोजक द्रोण पराजुली
अव संगीत मनोरञ्जनको साधन मात्र नभएर समाज विकास र उन्नतिको माध्याम बन्नेछ भन्ने मुख्य सोच विकासबादी साहित्यको रहेको बताईएको छ ।
विकाशका तीनटा खम्वा भन्छौ सधै हामी
कृषि पर्यटन सगै हिमालको पानी …
सुनको थालमा कनिका किन भिख माग्छौ ?
अझै पनि नब्युझिए भन कैले जाग्छौ ?
साँचो स्वर्ग नेपाल हो, यही हाम्रो पुँजी
पर्यटन नै पहिचान हो, जुटौ सबै बुझी
विकाशका तीनटा खम्बा….
संसारको छानो हामी, सभ्यताका गुरु
भ्रमण बर्ष मनाउदै, समृद्धिभो शुरु
उद्योग हो पर्यटन, नयाँ धर्म हाम्रो
अतिथि देवो भव, सोच कति राम्रो
विकाशका तीनटा खम्बा….
सुन्ने लिरिकल भिडियो हेर्न तथा सुन्न यो लिंकमा क्लिक गर्नुहोला ।
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...
हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...