सामाजिक विकास मन्त्रालय, प्रदेश सरकार, स्वास्थ्य निर्देशनालय,जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, ताल्छिखेल, ललितपुरका तथा निजी आयुर्वेद कम्पनीहरुको संयुक्त सहभागितामा धन्वन्तरी जयन्ती एवं राष्ट्रिय आरोग्य दिवसको अवसरमा ललितपुरमा प्रभातफेरी तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भयो । प्राकृतिक जीवनशैली, आयुर्वेद तथा जडिबुटी मार्फत् स्वस्थ्य निरोगी र समृद्ध बनौ भन्ने मुख्य नारा एवं सन्देशका साथ अन्तक्र्रिया कार्यक्रम समेत आयोजना गरिएको थियो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा. अनु शाक्यको संयोजकत्वमा एवं बरिष्ठ कविराज इश्वरी ढकाल सक्रियतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा निजी क्षेत्रका बरिष्ठ उद्योगी एवं व्यवसायीहरु अनमोल आयुर्वेदका संचालक मान बहादुर साउद, महारुद्र आयुर्वेद हस्पिटलका संचालक गोेपाल दाहाल, आयुर्वेद चिकित्सक डा. कृष्ण मालाकार, स्वर्गद्धारी आयुर्वेद फर्माका संचालक रामचन्द्र बुढाथोकी लगायत २०० भन्दा बढी आयुर्वेद स्वास्थ्य कर्मी उद्योगी व्यवसायीको उपस्थिति थियो ।
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...
हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...