अष्ट्रेलियामा तिहारको मखमली फुल्यो दिप्सी भट्टको तिहारको तात्तातो नयाँ देउसी भैलो गीत ‘मखमली फुल्यो…’ बृहत कार्यक्रमका बिच अस्ट्रेलियाबाट रिलिज भएको छ । बाल कलाकार दिप्सी भट्ट र प्रीन्स सिलवालको स्वरमा सजिएको गीतमा जीवन कार्कीको शब्द रचना छ भने रमेश पाठकको संगीत तथा नरेन्द्र बियोगीको संगीत संयोजन रहेको छ । दशै गीतको सफलता पश्चात् दिप्सी र प्रीन्सको यो अर्को कोशेली हो । विदेशमा बसेर पनि निरन्तर नेपाली संगीत र सस्कृतिमा योगदान दिने क्रममा यो दिप्सीको तेस्रो कोशेली हो । दिप्सी भट्ट, आरोन गौतम लगायतको अभियान रहेको म्युजिक भिडियो जिनियस म्युजिकको युटुब च्यानलबाट रिलिज भएको छ । लोक आधुनिक संगीतको फ्युजन तथा तिहारका रमाइला र रसिला शब्दमा बनेको यो गीत सबै उमेर समुहले रुचाउने बिश्वास भिडियोका निर्माता दिपेन्द्र भट्टले व्यक्त गरे ।
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...
हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...