चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आइपुगेका छन् । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको निमन्त्रणामा तीन दिने औपचारिक भ्रमण लागि वाङ यी आइतबार साँझ नेपाल आइपुगेका हुन् ।
भ्रमणका क्रममा उनले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । भेटमा दुई मुलुकका परराष्ट्रमन्त्री स्तरीय प्रतिनिधिमण्डलसँग द्विपक्षीय हितका विविध विषयमा छलफल हुने पनि परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।
उनले चीनको विकासबाट नेपालले बढीभन्दा बढी लाभ लिने गरी चिनियाँ प्रतिनिधिमण्डलसँग छलफल केन्द्रित गर्ने नेपाल सरकारको योजना पनि बताए ।
छलफलमा विगतमा गरिएका रेल सेवा सञ्चालन, पारवहन सम्झौताको कार्यान्वयनका विषयलाई पनि जोड दिन लागिएको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।
source 12khari.com
सरकारले असार १ गतेदेखि मतदाता नामावलीमा नाम दर्ता गरिरहेको छ । यसअघि मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका तथा भर्खरै...
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको भेरी–बबई डाइभर्सन आयोजनाको निर्माण सक्न अझै तीन वर्ष लाग्ने देखिएको छ । याे आयोजनाको हालसम्म...
मानवका लागि योगको नारा सहित आठौँ अन्तर्राष्ट्रिय योग दिवस देशैभर मनाइएको छ । काठमाडौं स्थित नेपाली आर्मी क्लवमा आयोजित कार्यक्रमलाई...