विकासशबादी संगीतको अभियानमा जुटेका नव गायक द्रोण पराजुलीको शिक्षाको आमुल परिवर्तन गरी देश विकासको सपना सहितको दोस्रो सिर्जना आम स्रोता माझ आएको छ । शिक्षालाई देशको मेरुदण्ड मानेर यसको विशेष विकास गर्नैै पर्ने महत्वपूर्ण सोचलाई पराजुलीको विकासबादी गीतले उठाएको छ । सीप संस्कार र प्रविधिको सही व्यवस्थापन र पठन पाठनबाट विद्यार्थीको समग्र विकास हुने र युवाहरु रोजगार र उद्यमी बन्ने सोचलाई संगीतले विशेष जोड दिएको छ । आजको सैद्धान्तिक शिक्षा भन्दा माथि उठेर जल, जंगल, जडिबुटी, पर्यटन, खनिज, आविश्कार, बिज्ञान तथा व्यवहारिक शिक्षा निर्माण गर्ने पाठ्यक्रम, पाठ्यसामग्री तथा पठनशैली विकास गर्न सके मात्र देशमै युवा विद्यार्थीहरु सक्षम बन्न सक्छन् अनि मात्र आफुमा संभावना र समाधान सहितको तेस्रो नेत्र खुलाई नेपालको विकासमा अभियानता बन्न सक्छन् भन्ने परिकल्पनाको विकास गरिएको छ ।
गीत संगीतलाई समाज विकासको साधन बनाउन सकिन्छ र समाज, शिक्षा, संस्कार र देशको सकारात्मक परिवर्तन ल्याउन विकासबादी संगीतको अभियान जरुरी मानेर यो यात्रा शुरु गरेको बताउछन् गायक द्रोण पराजुली । शब्द रचना र लिरिकल भिडियो सुन्न तलको लिंकमा क्लिक गर्नुहोला ।
हो हो हो हो हो ला ला ला ला ला
हो हो हो हो हो ला ला ला ला ला
यो देशको विकास गर्नलाई शिक्षानै उठाउनुछ
सक्षम बनी गरी खाने, युवालाई जुटाउनु छ
सीप, संस्कार प्रविधिले ढकमक्क फुलेको
उद्यम र रोजगारीमा देशलाई झुलाउनुछ
हो हो हो हो हो ला ला ला ला
उद्योगमा प्रयोग हुने सीपयुक्त ज्ञानलाई
पढाउनु र पढ्नुछ यो देश माथि लानलाई
आविश्कार सिर्जनाको बर्षापात गर्नेहो
नेपाललाई उत्पादन र उन्नतिले भर्नेहो
नेपाललाई उत्पादन र उन्नतिले भर्नेहो
हो हो हो हो ला ला ला ला ला
जल जंगल जडिबुटी पर्यटन कृषिलाई
शिक्षामा मिसाई अव पाठ्यक्रम बन्नलाई
नागरिक र राज्य मिलि नौलो युग थालेर
शिक्षक र विद्यार्थीले शान्ति दीप बालेर
हो हो हो हो ला ला ला ला
संभावना समाधान सवै देश भित्र छ
गर्न सक्छु हुन्छ भन्ने मन भित्र चित्र छ
यही आँखा खुलाउने नवीन शिक्षा दिएर
विकासबादी शिक्षा आयो नौलो आशा लिएर
विकासबादी शिक्षा आयो नौलो आशा लिएर
हो हो हो हो ला ला ला ला
हो हो हो हो हो ला लाला ला
यो देशको विकास गर्नलाई शिक्षानै उठाउनु छ
सक्षम बनी गरी खाने युवालाई जुटाउनु छ
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...
हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...