मंसिर १६, २०७४-प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठमा रहेको निजी निवास नजिक शुक्रबार साँझ बम पड्किएको छ । करिब राति साढे आठ बजे देउवा निवास पछाडि बम विस्फोट भएको डिएसपी योगेन्द्रसिंह थापाले जानकारी दिए । उनका अनुसार विस्फोटबाट कुनै क्षति भएको छैन ।
विस्फोट कसले गराएको भन्नेबारे बुझ्ने काम भइरहेको डिएसपी थापाले बताए ।
शुक्रबार साँझ ललितपुरको कुपन्डोलको यूएन पार्क नजिक पनि बम विस्फोट भएको छ । अज्ञात समूहले थापाथलीको पुल र यूएन पार्कको बीचमा फोहोर फालिएको ठाउँमा विस्फोट गराएको जावलाखेल प्रहरीले जनाएको छ ।
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...
हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...