१० चैत्र २०७९, शुक्रबार
March 24, 2023, Friday

भारत र चीन जोड्ने ठोरी–केरुङ मार्ग अलपत्र

भारत र चीन जोड्ने ठोरी–केरुङ मार्ग अलपत्र
पर्सा — प्रस्तावित ठोरी–केरुङ लोकमार्गलाई ओझेलमा पारिएको गुनासो स्थानीयले गरेका छन् । यो भारत र चीन जोड्ने छोटो मार्ग हो । यसको निर्माणपछि यहाँको विकासको ढोका खुल्ने स्थानीयको अपेक्षा छ । यो मार्ग निर्माणका लागि लामो समयदेखि माग गरिएको स्थानीय केशव खड्का बताउँछन् ।

प्रस्तावित ठोरी–केरुङ मार्गमा पर्ने ठुटे खोला पुल । यहाँका बासिन्दाले यसको कालोपत्रे चाँडै हुनुपर्ने माग गरेका छन् ।  तस्बिर : शंकर आचार्य/कान्तिपुर

मार्ग विस्तारका लागि अर्थ मन्त्रालयले ३६ करोड रुपैयाँबराबरको बहुवर्षीय ठेक्का स्वीकृत गरेको खबर २ वर्षअघि सुने पनि निर्माणले गति नलिँदा दु:ख लागेको उनले बताए । ‘यो मार्ग निर्माणपछि ठोरीबाट चितवनको टाँडीको दूरी २२ किमि मात्र हुनेछ,’ उनले भने, ‘यसले ठोरीको पूर्व–पश्चिम राजमार्गसँगको पहुँच जोड्ने मात्र नभई आधा घण्टामा टाँडी पुग्न सकिन्छ ।’

उनका अनुसार ठोरीका बासिन्दाले अहिले ६०किमि दूरी तय गरी भरतपुर र वीरगन्ज पुग्नुपर्ने बाध्यताको पनि अन्त्य हुनेछ ।

यो मार्ग निर्माण भए ठोरीको विकाससँगै नयाँ नाकाका रूपमा विस्तार हुने स्थानीय प्रद्युम्न गौतमको दाबी छ । सडक विभागले ठोरी–भण्डारा–लोथर–मलेखु–गल्छी खण्डको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको र केन्द्रीय रणनीतिक सडकमा समावेश गरी यसलाई पहिलो प्राथमिकतामा राखेको उनले सुनाए । यो मार्ग निर्माणका लागि दबाब दिन यहाँका स्थानीय बासिन्दाले २ वर्षअघि ठोरी–केरुङ मोटरसाइकल र्‍याली गरेका थिए ।

३ वर्षअघिको ६ महिना लामो मधेस बन्दका बेला यही नाका हुँदै सर्वसाधारणले ठूलो परिमाणमा इन्धनलगायत दैनिक उपभोग्य वस्तु आयात गरेका थिए । त्यतिबेला यो नाका मुलुककै लागि अत्यन्त उपयोगी बनेको थियो । विगतमा नुन भित्रिने नाकाका रूपमा चर्चित यो मार्ग वीरगन्ज–रक्सौल खण्ड चल्तीमा आएपछि ओझेलमा परेको स्थानीय प्रेम लामा बताउँछन् ।

यो नाकाबाट अहिले पनि ठोरी क्षेत्रका तथा चितवनका बासिन्दाले भारतबाट आफ्ना दैनिक उपभोग्य सामग्री आयात गरिरहेका छन् । हाल वीरगन्ज र चितवन पुग्न उत्तिकै सडक मार्ग छिचोल्नुपर्ने तर चितवन पुग्न तुलनात्मक रूपमा सहज हुने भएकाले ठोरीका बासिन्दालाई यो मार्ग कालोपत्रे भए धेरै राहत मिल्ने स्थानीयको बुझाइ छ ।

पछिल्लो समय ठोरीलाई पुन: चितवनमै गाभ्नुपर्ने माग पनि उठेको छ । चितवनबाट छुट्टिए पनि आफन्त, इष्टमित्र, बिहेवारी आदिका कारणले ठोरीवासीको चितवनसँगको सामीप्यता घटेको भने छैन । किनमेल होस् वा उपचार आदि गर्न ठोरीवासी भरतपुर र नारायणगढसम्म पुग्छन् । सदरमुकाम वीरगन्ज भने उनीहरू प्रशासनिक कामकाजका लागि मात्र आउजाउ गर्छन् ।

ठोरी गाउँपालिका अध्यक्ष पीएल श्रेष्ठ ठोरी–केरुङ मार्ग निर्माणका लागि आफूसहितको गाउँपालिका पदाधिकारीको टोली २ महिनाअघि भौतिक निर्माण मन्त्रालयमा डेलिगेसन गएको बताउँछन् । ‘मन्त्री रघुवीर महासेठले यो मार्गका लागि यस वर्ष केही बजेट विनियोजन गरेको बताउनुभयो, आफैं पनि यो मार्गको निरीक्षण गर्न आउने बताउनुभएको थियो,’ श्रेष्ठले भने, ‘यसले भारत र चीनको ट्रान्जिटको कामसमेत गर्ने भएकाले यो मार्ग निर्माणका लागि हदैसम्मको दबाब दिन हामी लागिसकेका छौं ।
कान्तिपुरबाट साभार

Related News

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
  • २६ मंसिर २०७५, बुधबार

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • २६ मंसिर २०७५, बुधबार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • २६ मंसिर २०७५, बुधबार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

TOP