चितवनमा जारी आठौँ अन्तर विद्यालय एथ्लेटिक्स मिट २०७५ सम्पन्न भएको छ । स्मल हेभन स्कूल, कल्याणपूर चितवनको गौरवमय एव भव्य रुपमा आठौँ अन्तर विद्यालय एथ्लेटिक्स मिट २०७५ को आयोजना गरेको थियो ।
भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले मंसिर २० गते उद्घाटन गरि सुरभएको प्रतियोगिता ३ दिन सम्म चलेको थियो । प्रतियोगितामा बाल्मिकी शिक्षा सदन प्रथम स्थान हासिँल गरेको छ बाल्मिकिले प्रतियोगिता भर ९ वटा स्वर्ण, ६ रजत र ५ कास्य गरि कुल २० पदम जित्न सफल भएको छ । दास्रो हुने स्मल हेभन स्कुलले ८ स्वर्ण, ६ रजत र ५ कास्य पदक जित्न सफल भएको छ भने तेस्रो हुने प्याराडाईज इङलिस स्कुलले ४ स्वर्ण, २ रजत र २ कास्य गरि कुल ८ पदक जितेको छ । चौथो स्थान हाँसिल गर्ने मिलन बोर्डिङ स्कुलले १ स्वर्ण, ३ रजत र १ कास्य गरि कुल ५ पदक जित्न सफल भएको छ ।
उत्कृष्ट अनुशाषित विद्यालयमा मिलन अंग्रेजी बोर्डिङ स्कुल, उत्कृष्ट कबड्डि प्लेयर र उत्कृष्ट एथलेटिक्स छात्रा तर्फ प्याराडाइज इङलिस स्कुलका छात्रा रश्मि अधिकारी र सजिना लामिछानेले क्रमश जितेका छन् । उत्कृष्ट एथ्लेटिक्स छात्र तर्फ बाल्मिकी शिक्षा सदनका विनय ओझा ले जितेका छन् ।
चितवन जिल्ला र आसपासका छिमेकि जिल्लाहरुका २८ विद्यालयहरुको विशेष सहभागिताका रहेको एथ्लेटिक्स मिटमा छात्रा तथा छात्राहरुको गरी ३० बटा भन्दा बढी इभेन्टहरु संचालन भएको स्मल हेभन स्कूलका प्रिन्सिपल प्रशान्त कुमार नेपालले जानकारी दिनुभयो ।
लिटल एन्जल स्कूल, ललितपुरको व्यवस्थापनमा संचालित नमुना विद्यालयको रुपमा रहेको स्मल हेभन स्कूल कल्याणपुरले स्थानीय स्तरमा खेलकुदको विकासको लागि यो किसिमको प्रतियोगिता विगत ८ वर्ष देखि गर्दै आईरहेको प्रतियोगिताको मिडिया संयोजक लुक्स नेपाल इभेन्ट एन्ड मिडिया प्रा।लि अध्यक्ष शुभराज तिमल्सिनाले जानकारी दिनुभयो ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ को मैन अवधीमा मकवानपुरको बकैयामा मतदाता ‘फकाउन’ आचारसंहिता विपरित बाड्न लैजाँदै गरको खानेपानीको पाईप स्थानीयले...
पहिला पहिला निर्वाचन आयोगले मत दिने स्थानहरुमै टोली खटाएर मतदाता शिक्षा दिने गर्दथ्यो ? यस पटक त्यस्तो टोली आउँदैन ?”...
रसुवाका सबै मतगणनास्थलमा सिसिटिभी जडान गरिएको छ। निर्वाचन आयोगले मतगणनास्थलमा सिसिटिभी अनिवार्य गरेकाले जिल्लाको पाँचवटै मतगणनास्थलमा सिसिटिभी जडान गरिएको हो। ...