आठौँ अन्तर विद्यालय एथ्लेटिक्स मिट २०७५ लाई स्मल हेभन स्कूलले यसरी भव्य बनायो
स्मल हेभन स्कूल, कल्याणपूर चितवनले गौरवमय एव भव्य रुपमा आठौँ अन्तर विद्यालय एथ्लेटिक्स मिट २०७५ को उद्घाटन सत्र सम्पन्न गरेको छ । भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालको प्रमुख आथित्यमा कार्यक्रमको समुद्घाटन सम्पन्न भएको थियो भने समाह्रोहका सभाध्यक्ष स्मल हेभन स्कूलका प्रिन्सिपल प्रशान्त कुमार नेपालले गर्नु भएको थियो ।
इभेन्टको समुद्घाटनमा मेयर दाहालले सम्वोधन गर्नुृहुदै चितवनको विकास अभियान शुरु भइसकेको र खेलकुलको विकासले त्यसलाई अझ पूर्ण गर्न सकिने कुरामा स्पस्ठ अभिव्यक्ति राख्नुभयो । चितवनमा राष्ट्रिय स्तरको खेल मैदान निर्माण सम्पन्न भइसकेको छ भने अन्तराष्ट्रिय क्रिकेट मैदानको निर्माण प्रारम्भ हुनै लागेको जानकारी गराउनु भयो ।
उद्घाटन सत्रमा ३० भन्दा बढी आमन्त्रित विशिष्ट अतिथिहरुको उपस्थिति रहेको थियो । चितवन जिल्ला र आसपासका छिमेकि जिल्लाहरुका २८ भन्दा बढी विद्यालयहरुको विशेष सहभागिताका रहेको एथ्लेटिक्स मिटमा छात्रा तथा छात्राहरुको गरी ३० बटा भन्दा बढी इभेन्टहरु संचालन हुनेछन् ।
आज संचालन भएको १५०० मिटर दौडमा छात्र तर्फ बाल्मिकी शिक्षा सदन का विद्यार्थी विनय ओझा, प्याराडाइज इन्लिस स्कूलका विद्यार्थी सन्देश ढकाल र तृतीय स्थानमा स्मल हेभन स्कूलका सचिन सिंहले आफ्नो स्थान शुरक्षित पार्न सफल भए भने छात्रा तर्फ स्मल हेभन स्कूलकी अनिशा थापा प्रथम, बाल्मिकि शिक्षा सदनकी अंशु अधिकारी द्धितीय र लिटल स्टर इलिंस स्कूलकी रिना भट्टराई तृतीय बनी पदक, ट्रफी तथा मेडल हात पार्न सफल भएका छन् । भने अन्य खेलहरुको नतिजा आउने क्रम जारी रहेको छ ।
कार्यक्रमको विधिवत उद्घाटन कार्यक्रमका अध्यक्ष प्रशान्त कुमार नेपालले गर्नुहुदै ठूलो उद्धेश्य राखेर खेल खेल्न र खेल संगै जिन्दगी मा जीतेर सफल हुन सवै विद्यार्थीलाई शुभकामना दिनुभयो । समग्र जीवननै खेल भएको हुनाले जिवन र खेल संग संगै जाने कुरा हुनाले जीवनलाई बुझ्न र विजयी हुन खेलको ठूलो महत्व हुने बताउनु भयो ।
कार्यक्रमलाई सफल बनाउन मेडिया संयोजन लुक्स नेपाल इभेन्ट एण्ड मेडियाको रहेको थियो भने आईटी संयोजन वेब बैँक नेपालको रहेको छ । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गंगालाल लामा, बडाध्यक्ष ५ का अध्यक्ष पदम पानी सुवेदी, भरतपुर प्याप्सनका अध्यक्ष लेखनाथ खनाल, प्रशाषकीय अधिकृत कंकल श्रेष्ठ, लुक्स नेपालका प्रवन्ध निर्देशक शुभराज तिमल्सिना, वेव एसोसिएसन नेपालका महासचिव द्रोण पराजुली, नवलपुर चितवन रेडियो प्रसारण संघका अध्यक्ष नवीनराज पौडेल लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा आयोजकको तर्फबाट गणेश थापाले स्वागत मन्तव्य दिनुभएको थियो ।
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...
हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...