अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई ‘मानव तस्करी’को आरोप लागेकोमा सरकारले सो विषयमा अनुसन्धान थालेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिहीबार बाह्रखरीसँगको कुराकानीमा सो विषयमा सरकारले अध्ययन गरिरहेको जनाए । उनको भनाइ थियो, ‘‘अध्ययनमा सोधपुछ लगायतका सबै कुरा पर्छन् ।’’
अष्ट्रेलियाको राजधानी क्यानबेरामा रहेको नेपाली दूतावासमा चालकको काम गर्न गएका ओङ्छु शेर्पाले केही दिनअघि एक टेलिभिजनसँगको कुराकानीमा राजदूत शेर्पाले मानव तस्करी गर्दै आएको आरोप लगाएपछि शेर्पा विवादमा आएकी हुन् । सोही विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुधबार वक्तव्य नै प्रकाशित गरेर राजदूत शेर्पाको विवादास्पद भूमिकाबारे सरकारको मौनताप्रति आपत्ति जनाएको थियो ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा बुधबार जारी गरिएको वक्तव्यमा भनिएको छ, ‘‘अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाका सम्बन्धमा केही समययता ‘मानव तस्करीमा संलग्न’ भनी उठेको प्रश्नलाई हामीले गम्भीर रुपमा लिएका छौँ । निजकै सहयोगीले यो विषय सार्वजनिक गरेको साता दिन भइसक्दा समेत नेपाल सरकारले गम्भीर चासो प्रकट गरी अनुसन्धान नथाल्नु र मौनता राख्नुलाई हामीले झनै गम्भीर र दुःखद रुपमा लिएका छौं ।’’
राजदूत व्यक्तिगत जागिर नभई सिंगो राष्ट्र र राष्ट्रकै छविको प्रतिनिधित्व गर्ने गरिमामय जिम्मेवारी भएको जिकिर गर्दै वक्तव्यमा राजदूतका बारेमा उठेको प्रश्न उपर तत्कालै सत्य तथ्य निरुपण गर्ने कर्तव्य सरकारको रहेको जनाउँदै राजदूत शेर्पालाई तत्काल छानविनका लागि परराष्ट्र मन्त्रालयमा उपस्थित गराउन र दोषी ठहरिए बर्खास्त गर्ने कदम चाल्न समेत आग्रह गरिएको थियो ।
दार्चुलामा हाइस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका —९ गोकुलेश्वरबाट पनेबाँजतर्फ जाँदै गरेको म १...
पहिला पहिला निर्वाचन आयोगले मत दिने स्थानहरुमै टोली खटाएर मतदाता शिक्षा दिने गर्दथ्यो ? यस पटक त्यस्तो टोली आउँदैन ?”...
रसुवाका सबै मतगणनास्थलमा सिसिटिभी जडान गरिएको छ। निर्वाचन आयोगले मतगणनास्थलमा सिसिटिभी अनिवार्य गरेकाले जिल्लाको पाँचवटै मतगणनास्थलमा सिसिटिभी जडान गरिएको हो। ...