२२ मंसिर २०७८, बुधबार
December 8, 2021, Wednesday

चितवनमा मंसिर २०,२१ र २२ गते अन्तर विद्यालय एथ्लेटिक्स २०७५ आयोजना हुदै

चितवनमा मंसिर २०,२१ र २२ गते अन्तर विद्यालय एथ्लेटिक्स २०७५ आयोजना हुदै

चितवनकै उत्कृष्ट विद्यालय मध्येको एक स्मल हेभन स्कूल कल्याणपुरले जिल्ला भरिका सबै विद्यालयलाई निमन्त्रणा गरी ८औँ अन्तर—विद्यालय स्तरीय एथ्लेटिक्स प्रतियोगिता २०७५को आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले गर्नुहुने जानकारी आयोजकले गराएको छ भने उद्घाटनको समय विहान ११ बजे लाई निर्धारण गरिएको छ । इभेन्टमा ५० भन्दा बढी बिद्यालयहरुको सहभागिता हुने सुनिश्चित भएको छ ।
विद्यार्थीका खेल र खेलकुदजन्य प्रतिभाको प्रस्फुटन गरी चितवनबाट उत्कृष्ट स्तरका खेलाडीहरु उत्पादन गर्ने उद्धेश्यले बिगत ८ बर्षदेखि यो प्रतियोगिता संचालन हुँदै आईरहेको छ । जिल्ला खेलकुद विकास समिति चितवनका कुशल प्रशिक्षकहरुद्धारा संंचालन हुने यस कार्यक्रमले विद्यार्थीहरुको अतिरिक्त क्रियाकलाप, मानसिक तथा शारीरिक विकासमा उल्लेख्य योगदान पुयाउन सफल हुने विश्वास आयोजकले लिएको छ ।
अन्तर—विद्यालय एथ्लेटिक्स प्रतिस्पर्धा २०७५ मा विभिन्न प्रकारका खेलकुद तथा इभेन्टहरु आयोजना हुनेछन् जसममा विभिन्न दुरीका दौड प्रतियोगिता, रिले दौड, म्याराथुन, सटपुट, टग अफ वार, कबडी लगायतका खेलहरु समावेस गरिएका छन् । कार्यक्रममा समभागी बन्न चितवन जिल्ला तथा आसपासका छिमेकी जिल्लाहरुलाई आधिकारिक निम्तो समेत दिइसकिएको जानकारी आयोजकले गराएको छ । यस किसिमको कार्यक्रम जिल्लाका महत्वपूर्ण कार्यक्रम मध्ये एक रहेको र यसमा सवैले चासो र सक्रियता पुर्वक भूमिका निर्वाह गरी कार्यक्रमलाई प्रभावकारी तवरबाट संचानल गर्न सबै सरोकारहरु संग प्रबन्ध निर्देशक कंकल श्रेष्ठले आग्रह गर्नुभएको छ ।


इभेन्ट यही मंसिर २०, २१ र २२ गते सम्म संचानलन हुनेछ भने इभेन्ट हुने स्थान स्मल हेभन स्कूल, कल्याणपुरको प्रांगणमा रहनेछ । इभेन्टमा सहभागी बनी कार्यक्रम लाई भव्य र सफल पार्न विद्यालयका प्रिस्सिपल प्रशान्त कुमार नेपालले सवै जिल्लाबासीहरुमा अनुरोध गर्नुभएको छ ।

Related News

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मर्नेको संख्या ३४ पुग्यो
इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मर्नेको संख्या ३४ पुग्यो
  • १९ मंसिर २०७५, बुधबार

इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ । ज्वालामुखी विस्फोटमा परेर अरू १७...

भारतमा दैनिक संक्रमितको संंख्या डेढ वर्षपछिकै कम
भारतमा दैनिक संक्रमितको संंख्या डेढ वर्षपछिकै कम
  • १९ मंसिर २०७५, बुधबार

भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या निकै कम भएको छ । अधिकारीहरुले पछिल्लो एक दिनमा डेढ वर्षपछिकै सवैभन्दा कम संक्रमित...

प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका ८६ वटा होटल बुकिङ
प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका ८६ वटा होटल बुकिङ
  • १९ मंसिर २०७५, बुधबार

नेपाली काँग्रेसको यही मङ्सिर २४ गतेदेखि सुरु हुने १४औँ महाधिवेशनमा भाग लिन काठमाडौं आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा...

TOP