९ चैत्र २०७९, बिहीबार
March 23, 2023, Thursday

कित जित, कित सिक, हार्ने होइन भन्ने विशेष नाराका साथ एलएफएस चितवनले मनायो रजत जयन्ती विशेष

कित जित, कित सिक, हार्ने होइन भन्ने विशेष नाराका साथ एलएफएस चितवनले मनायो रजत जयन्ती विशेष

चितवन जिल्लाको नमुना विद्यालय लिटल फ्लावर स्कूल, नारायणगढको गौरवमय रजत जयन्ती भव्यताका साथ सम्पन्न
चितवन जिल्लाको नमुना विद्यालय लिटल फ्लावर स्कूल, नारायणगढले गौरवमय रजत जयन्ती भव्यताका साथ मनाएको छ । देशभरीका उत्कृष्ट विद्यालयबाट छनौट भइ आएका प्रतिभावान छात्रछात्राबीच नृत्य प्रतियोगिता आयोजना गरी ती प्रतिभाको समेत सम्मान गर्दै रजत जयन्तीलाई सफलतापुर्वक सम्पन्न गरेको हो ।

 

भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाहको प्रमुख आथित्यमा संचालन भएको इन्टर स्कुल डान्स फेस्टको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जवहारलाल प्रधानले गर्नुभएको थियो ।
विभिन्न जिल्ला र स्थानबाट छनौट भएका ३५ भन्दा बढी विद्यालयबीच भएको प्रतिस्पर्धामा उत्कृष्ट एवं मौलिक नृत्यहरु प्रस्तुत भएका थिए । ती मध्ये ३ वटा विद्यालयलाई पुरस्कार तथा टफी वितरण गरिएको थियो । प्रथम हुनेमा सेन्ट्रल सेकेन्डरी भरतपुर, द्धितीय हुनेमा सेन्ट मेरिज स्कुल गोर्खा र तृतीय हुनेमा बालकुमारी बोर्डिगं स्कूल नारायणीतिर ले पदक तथा पुरस्कार प्राप्त गर्ने अवसर पाए भने सवै सहभागीलाई सहभागीताको प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्नुहुदै वडाध्यक्ष चन्द्र मित्र पण्डितले लिटल फ्लावर स्कूल चितवनको नमुना विद्यालय रहेको र यसले यस जिल्लाको शिक्षाको विकासमा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्नुभएको थियो । त्यस्तै गर िप्रमुख अथितिको तर्फबाट उपमेयर पार्वती शाह ठकुरीले २५ बर्षको सफलीभूत यात्रामा सहभागी हुन पाउँदा आफुलाई गौरव लागेको र यस विद्यालयले दिएको योगदानको मुक्त कण्ठले प्रशंसा गर्नुभयो ।


कार्यक्रमलाई सफल पार्न विभिन्न एक दर्जन भन्दा बढी कम्पनीहरुले सहआयोजक रुपमा विशेष सहयोग समेत गरेका थिए । त्यसमध्ये विभिन्न विद्यालयमा व्यवसायिक रुपमा बिद्यार्थीका लागि ड्रेस सप्लाई गर्दै आएको गुरु युनिफर्म इन्डस्ट्रिस र ड्रेस सप के एल मल, लाइन्स चोक चितवनले कार्यक्रमको प्रायोजन गरेको थियो । विद्यार्थीका सिर्जनात्मक क्षमता विकासका लागि निरन्तर यस प्रकारका कार्यक्रमलाई सहयोग र प्रवर्धन गर्ने कम्पनीका कार्यकारी निर्देशक शुभराज तिमल्सिनाले बताउनु भयो ।
अत्यमा कार्यक्रमलाई विसर्जन गर्नुहुदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जवहारलाल प्रधानले २५ बर्ष अगाडि विद्यालय शुरु गर्दा यो सपना साकार होला भन्ने कल्पना नगरेको तर आज यो विशाल सपना बास्तविकतामा परिणत भएको देख्दा गर्बले छाती चौडा भएको भावना व्यक्त गर्नुभएको थियो ।


कार्यक्रमका मुख्य निर्णायकहरुमा राष्ट्रिय रुपमा ख्यातिप्राप्त कलाकार हरु तेञ्जु योञ्जन, महेश केसी र स्थानीय संचार तथा रंगकर्मी प्रमिला अधिकारीले न्यायोचित निर्णय गर्नुभएको थियो ।

Related News

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
  • १४ मंसिर २०७५, शुक्रबार

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • १४ मंसिर २०७५, शुक्रबार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • १४ मंसिर २०७५, शुक्रबार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

TOP