१० चैत्र २०७९, शुक्रबार
March 24, 2023, Friday

प्रधानमन्त्री ओली र सुकीबीच भेटवार्ता

प्रधानमन्त्री ओली र सुकीबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र म्यानमारकी स्टेट काउन्सिलर आङसान सुकीबीच भेटवार्ता भएको छ ।

शुक्रबार बिहान काठमाडौको अन्नपूर्ण होटलमा प्रधानमन्त्री ओली र सुकीबीच भेटबार्ता भएको हो ।

प्रधानमन्त्री ओली र सुकीबीचको भेटमा द्विपक्षीय आपसी हितका बारेमा कुराकानी भएको छ ।

यसैवीच आजै काउन्सिलर सुकी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार बिहान भएको सो भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको थियो । सुकी हाल नेपालको औपचारिक भ्रमणमा रहेकी छन् ।

भेटवार्तामा राष्ट्रपति कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकृतको सहभागिता रहेको थियो ।

एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि काउन्सिलर सु की बिहीबार काठमाडौँ आइपुगेकी हुन् ।

Related News

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
  • १४ मंसिर २०७५, शुक्रबार

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • १४ मंसिर २०७५, शुक्रबार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • १४ मंसिर २०७५, शुक्रबार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

TOP