१७ जेष्ठ २०८०, बुधबार
May 31, 2023, Wednesday

१२६ घण्टा नाचेर बन्दनाले तोडिन रेकर्ड, नेपालको नाम राखिन गिनिज बुकमा

१२६ घण्टा नाचेर बन्दनाले तोडिन रेकर्ड, नेपालको नाम राखिन गिनिज बुकमा

सबैभन्दा लामो समय नृत्य गरेर नेपाली चेली बन्दना नेपालले वर्ल्ड रेकर्ड कायम गरेकीछिन् । १२६ घण्टा नाचेर गिनिज बुकमा नाम लेखाउँन तत्लिन बन्दनाले नयाँ रेर्कड राख्न सफल भएकीछिन् ।

मंसिर ७ गते ९ बजेदेखि काठमाडौस्थित विग फूडल्याण्डमा आफनो यात्रा सुरु गरेकी बन्दनाले भारतको  रेर्कड आज बुधबार १२ बजेर १६ मिनेटमा  तोड्न सफल भएकी हुन् । सन् २०१६ मा केरला, भारतकी कलामण्डलम हेमलथाले लगातार १२३ घण्टा १५ मिनेट शास्त्रीय नृत्य गरेर अहिलेसम्मकै सबैभन्दा लामो समय निरन्तर नृत्य गरेको रेर्कड बनाएकी थिईन् ।

अब विश्वमा नै सबैभन्दा धेरै समय नाचेर गिनिज बुकमा नेपाली चेली बन्दनाले आफनो नाम समाबेश गरिन् । बन्दनाको यस कार्यक्रममा हौसला दिन धेरै कलाकारहरु पनि उनको कार्यक्रममा उपस्थित भएका थिए । विभिन्न नेपाली गीतहरुमा नृत्य गरेकी बन्दनालाई प्रतिघण्टा ५ मिनेटको समय शौचालय र पानी पिउँन समय दिएको थियो ।ती गीतमा उनले विभिन्न नृत्य गर्दै आएकी छन् । उनले नाचेको दृश्य तीनवटा क्यामेराले निरन्तर कैद गरिरहेका छन् । कार्यक्रमस्थलमा निर्णायक पनि छन् ।

नाच्दा नाच्दै उनको खुट्टा केही सुन्निएको भएपनि उनको स्वास्थ्यमा खासै असर नपरेको बताईएको छ । धनकुटाकी १७ बर्षीय बन्दना चेल्सी इन्टरनेशनल कलेजमा दश जोड दुईमा अध्ययनरत छिन् । बन्दनाले काठमाडौंको नारायणस्थानमा नृत्य प्रशिक्षण ‘केन्द्र बी एन्ड बी कल्चर सेन्टर’ पनि सञ्चालन गर्दै आएकी छन् । रेर्डक तोडिए पनि उनले आज साँझ ५ बजेसम्म नृत्य गर्ने लक्ष्य राखेकी छन् ।

 

Related News

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
  • १२ मंसिर २०७५, बुधबार

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • १२ मंसिर २०७५, बुधबार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • १२ मंसिर २०७५, बुधबार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

TOP