प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण समृद्ध नेपाल निर्माणका लागि सहयोगी बनेको बताएका छन्। असार ५ देखि १० गतेसम्म मित्रराष्ट्र चीनको भ्रमण गरेका प्रधानमन्त्रीले स्वदेश फर्केको तेस्रो दिन प्रतिनिधिसभालाई आफ्नो भ्रमणका उपलब्धिबारे जानकारी गराएका हुन्।
मंगलबार बिहान बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एउटा मुलुकको विकासको प्रयासमात्र पर्याप्त नहुने भएकोले छिमेकीहरूको सहयोग जुटाउन आफू लागेको बताए।
‘हामीले छिमेकीसँग सम्बन्ध सुधारेका छौँ। विश्वास, समझदारी र सहकार्यको वातावरण निर्माण गर्न सफलता प्राप्त गरेका छौँ’, प्रधानमन्त्रीले भने।
सरकार क्षणिक हिसाबले एक छिमेकीका विरुद्ध अर्को छिमेकीलाई उचाल्न नलागेको स्पष्ट पार्दै प्रधानमन्त्रीले छिमेकीहरूबीच समेत सहकार्य र विश्वासको वातावरण बनाउनु आफ्नो भूमिका रहेको बताए।
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...
हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...