१५, मंसिर, काठमाडौं । निर्वाचन आयोगले सहिदको तस्वीरलाई दुरुपयोग गरेर भोट नमाग्न दलहरुलाई चेतावनी दिएको छ ।
प्रदेश २ मा मधेस केन्द्रीय दलहरुले आन्दोलनका क्रममा मारिएकाहरुको तस्वीर, आन्दोलनको भिडियो प्रयोग गरेर भोट मागिरहेका छन् । अन्य दलहरुले यसबारे आयोगको ध्यानाकर्षण गराएका छन् ।
आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै आन्दोलनको तस्वीर, ध्वनी तथा सहिदको तस्वीर प्रयोग नगर्न भनेको छ । आयोगका प्रवक्ता नवराज ढकालद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता सामाग्रीहरु निर्वाचन आचार संहिता विपरीत भएका र यस्ता सामग्रीहरुबाट सहिदको सम्मानमा समेत आघात पुग्ने भइकाले तत्काल हटाउन निर्देशन दिइएको छ ।’
आयोगले अटेरी गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउन सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र अनुगमनकर्तालाई निर्देशन दिएको छ ।
दार्चुलामा हाइस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका —९ गोकुलेश्वरबाट पनेबाँजतर्फ जाँदै गरेको म १...
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै अग्रता कायम राखेका छन् । निर्वाचन आयोगले सोमबार दिउँसो साढे १...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई नेपाल आउँदा छुट्टै आनन्द आउने बताएका छन् । लुम्बिनीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले नेपाल...