२ जेष्ठ २०७९, सोमबार
May 16, 2022, Monday

युनिभर्सल मिडिया ग्रुपको आयोजनामा एक्टिगं आइकन नेपाल को अडिसन शुरु

युनिभर्सल मिडिया ग्रुपको आयोजनामा एक्टिगं आइकन नेपाल को अडिसन शुरु

युनिभर्सल अनलाईन टीभी, समाचारदाता, काभ्रे, बनेपा मोफसलमा लुलेर वसेका सिर्जनाहरु लाई प्रस्फुटन गरी नयाँ संभावनाको ढोका खोल्ने उद्धेश्यले काभ्रेको बनेपाबाट प्रथम चरणको एक्टिगं आइकन नेपाल अडिसन राउण्ड ओपचारिक रुपमा शुरु भएको छ । विगत दुई दशक दखि कलाकारिता, अभिनयको क्षेत्रमा स्थापित निर्णायकहरु आदित्य बुढाथोकी, जीवन खड्गी, कमल दहालको तीन सदस्यीय निर्णायक मण्डलले नव प्रतिभाको खुलेर तारिफ गर्दै स्थानीय स्तरमा पनि संभावनाको ढोका बलियो देखिएकोले कार्यक्रम आयोजकलाई विशेष धन्यवाद तथा यस प्रकारको अडिसनमा निरन्तर लागि रहन आग्रह गर्नु भयो । आजको कार्यक्रममा नृत्य, अभिनय, क्यारिकेचरको क्षेत्रमा फरक फरक सिर्जनशील प्रस्तुतिहरुका साथ प्रतियोगीहरु उपस्थित भएका थिए । अव दोस्रो र तेस्रो चरणको अडिसन असार ८ र ९ गते हुने त्यसमा कम्तीमा १०० जनाभन्दा बढी प्रतियोगिहरुले भाग लिने जानकारी दिदै यसकार्यक्रमलाई भव्य बनाउन आईटी, अनलाईन बाट, अफिसियल वेवसाईट मार्फत्, युट्युव मार्फत्, फेसबुक लाईभ लगायतका च्यानलहरुबाट प्रत्यक्ष प्रसारण गरिने कार्यक्रम रहेको छ उक्त जानकारी मिडिया ग्रुपका प्रवन्ध निर्देशक जनक खड्काले जानकारी दिनुभयो ।

काभ्रेको अडिसन लगत्तै देशका मुख्य शहरहरुमा अडिसनहरु लिएर प्रस्तुतहुने जानकारी समेत आयोजकले गराएको छ । कार्यक्रमको संचालक रोहित दंगाल रहनुभएको थियो । कार्यक्रम निर्देशक सुजन खतिवडाले आफ्नो विचार राख्नुहुदै नेपालको इतिहासमा मोफसलको प्रयासमा राष्टिय स्तरको यस कार्यक्रम हुनुले विशेष महत्व राख्ने विश्लेषण गर्नुभयो । इभेन्ट म्यानेजमेन्टको प्रमुख प्रमिला अधिकारीले स्थानीय स्थरको प्रयासलाई आम जनताले अत्यन्तै सकारात्मक रुपमा लिनुभएकोले अभियान सफल हुने कुरामा विस्वस्त रहेको प्रतिक्रिया दिनुभयो ।

Related News

‘हनी बनी’को नायिकामा जसिता
‘हनी बनी’को नायिकामा जसिता
  • २६ जेष्ठ २०७५, शनिबार

 अभिनेता अनमोल केसीले चलचित्र ‘हनी बनी’ छाडेपछि यो चलचित्रको नायक नायिका नै परिवर्तन भएका छन् । यो चलचित्रकी नायिका सारा...

चुनावका कारण पूजा र आकाशको ‘सम्झना बिर्सना’ पछि सर्‍यो
चुनावका कारण पूजा र आकाशको ‘सम्झना बिर्सना’ पछि सर्‍यो
  • २६ जेष्ठ २०७५, शनिबार

स्थानीय चुनावलाई कारण देखाउँदै पूजा शर्मा र आकाश श्रेष्ठ स्टारर फिल्म ‘सम्झना बिर्सना’ले पूर्वनिर्धारित प्रदर्शन स्थगन गरेको छ । निमेष...

महँगो घर भाडा तिर्छन् यी बलिउड नायक नायिका
महँगो घर भाडा तिर्छन् यी बलिउड नायक नायिका
  • २६ जेष्ठ २०७५, शनिबार

 बलिउडका केही नायक नायिका अहिले पनि भाडाको घरमा बस्छन् । केहीले आफ्नो घर भाडामा लगाएर आफू अर्काको घरमा भाडामा बस्ने...

TOP