करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य व्यवस्थापक चुडामणि उप्रेती ‘गोरे’ को बयान सुरु भएको छ ।
जिल्ला अदालत, मोरङ बुधबार दिउँसोबाट गोरेको बयान सुरु गरिएको हो । उनले न्यायाधीश नारायण शर्माको इजलासमा बयान दिइरहेको अदालतले जनाएको छ ।‘उनको बयान सकिएपछि थुनछेक बहस हुनेछ’, अदालतका एक अधिकारीले भने । उप्रेती बुधबार बिहान काठमाडौंको गौरीघाटबाट पक्राउ परेका थिए ।
उनलाई गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेर अदालतमा पेश गरिएको थियो ।
यसअघि मंगलबार मात्रै प्रकरणका ३० अभियुक्त मध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको थियो ।
त्यसमध्ये एक जना धरौटीमा छुटेका छन् भने एक जनालाई सामान्य तारेखमा छाडिएको छ ।
onlinekhabar
पहिला पहिला निर्वाचन आयोगले मत दिने स्थानहरुमै टोली खटाएर मतदाता शिक्षा दिने गर्दथ्यो ? यस पटक त्यस्तो टोली आउँदैन ?”...
रसुवाका सबै मतगणनास्थलमा सिसिटिभी जडान गरिएको छ। निर्वाचन आयोगले मतगणनास्थलमा सिसिटिभी अनिवार्य गरेकाले जिल्लाको पाँचवटै मतगणनास्थलमा सिसिटिभी जडान गरिएको हो। ...
अर्थमन्त्री जनार्दन शर्माले मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परीक्षण गर्नुपर्ने आवश्यकता भएको बताएका छन् । मंगलबार काठमाडौंमा सुरु भएको नेपाल चार्टर्ड...