नेपाल कम्युनिस्ट पार्टीको (नेकपा)को सचिवालयको बैठकले पार्टी हेडक्वाटरको टुंगो लगाउने जिम्मा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई दिने निर्णय गरेको छ ।
सोमबार बसेको बैठकले तत्कालीन एमालेको धुम्बाराहीको कार्यालय वा तत्कालीन माओवादीको पेरिस डाँडाको कार्यालयलाई पार्टी ‘हेडक्वाटर’ बनाउने भन्ने टुंगो लगाउने जिम्मा अध्यक्षद्वयलाई दिएको हो ।
बैठकले प्रदेश, जिल्ला र संगठनको एकीकरणको जिम्मा समेत अध्यक्षद्वयलाई दिएको छ । अध्यक्षद्वय ओली र प्रचण्डको सुझावका आधारमा तल्लो तहसम्म एकता हुने छ ।
यस्तै पार्टी संचालन नियमावली बनाउन महासचिव विष्णु पौडेलको संयोजकत्वमा समिति गठन गरेको समितिमा देवप्रसाद गुरुङ, बेदुराम भुसाल र खिमलाल देवकोटा सदस्य रहेका छन् ।
यो समितिले अन्तरिक विधान अन्तर्गत रही पार्टी संचालन नियमावली बनाउने छ ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ को मैन अवधीमा मकवानपुरको बकैयामा मतदाता ‘फकाउन’ आचारसंहिता विपरित बाड्न लैजाँदै गरको खानेपानीको पाईप स्थानीयले...
पहिला पहिला निर्वाचन आयोगले मत दिने स्थानहरुमै टोली खटाएर मतदाता शिक्षा दिने गर्दथ्यो ? यस पटक त्यस्तो टोली आउँदैन ?”...
रसुवाका सबै मतगणनास्थलमा सिसिटिभी जडान गरिएको छ। निर्वाचन आयोगले मतगणनास्थलमा सिसिटिभी अनिवार्य गरेकाले जिल्लाको पाँचवटै मतगणनास्थलमा सिसिटिभी जडान गरिएको हो। ...