काठमाडौं-एमालेसँग एकता हुँदा तत्कालीन माओवादीको केन्द्रको भागमा २०० केन्द्रीय सदस्य परेका छन् ।
ती मध्ये ८४ जना तय भएका छन् ।
माओवादी केन्द्र हुँदा सचिवालयमा रहेका ८४ जना स्वत केन्द्रीय सदस्य हुनेछन् ।
त्यसबाहेक अन्य ११६ जना छान्ने काम जारी छ ।
तत्कालीन माओवादी केन्द्रले आज ११६ जनाको नाम टुंगाउने तयारी गरेको छ ।
एमालले भने केन्द्रीय सदस्यमा आउने नयाँ ४५ जनाको नाम टुंगाईसकेको छ ।
दुई पार्टीबीच यही जेठ ३ गते एकता भएको थियो ।
नेकपामा स्थायी कमिटीका ४५ जनामा तत्कालीन एमालेबाट २६ र माओवादीबाट १९ जना रहनेछन् ।
तत्कालीन एमालेबाट २४१ र माओवादीबाट २०० केन्द्रीय सदस्य मिलाएर नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटी बनाउने अन्तिम तयारी छ ।
एमालेले ४५ र माओवादीले ११६ जनाको नाम टुंग्याइसकेपछि दुवै अध्यक्ष बसेर अन्तिम रूप दिने तयारी छ ।
दार्चुलामा हाइस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका —९ गोकुलेश्वरबाट पनेबाँजतर्फ जाँदै गरेको म १...
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै अग्रता कायम राखेका छन् । निर्वाचन आयोगले सोमबार दिउँसो साढे १...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई नेपाल आउँदा छुट्टै आनन्द आउने बताएका छन् । लुम्बिनीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले नेपाल...